एकीकृत समाजवादी अरूजस्तो स्वार्थ केन्द्रमा राख्ने दल होइन : नेपाल
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्र र जनताको हितका लागि नै नेकपा (एकीकृत समाजवादी) पार्टी बनेको बताएका छन् ।
समाजवादी प्रेस सङ्गठन नेपाल कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यो अन्य पार्टीजस्तो आफ्नो पार्टी स्वार्थ केन्द्रबिन्दुमा राखेर चल्ने नभएको बताए । अध्यक्ष नेपालले आफ्नो पार्टी सिद्धान्त र विचारप्रति समर्पित पार्टी भएको बताए ।
“यही रूपमा हामीले पार्टी निर्माण गर्ने कामलाई अगाडि बढाइरहेका छौं,’ अध्यक्ष नेपालले भने, ‘पार्टीलाई यसरी अगाडि बढाउने क्रममा नै हामीले अब आउने निर्वाचनको तयारीमा जुट्नुपर्ने भएको छ ।’
फरक प्रसङ्गमा उहाँले आउँदो निर्वाचनअघि माओवादीलगायत कुनै पनि पार्टीसँग एकता नहुने बताए ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया