सात वाणिज्य बैंकलाई क्यापिटल चार्ज गर्दै राष्ट्र बैंक
काठमाडाैं । नेपाल राष्ट्र बैंकले सात वटा वाणिज्य बैंकलाई क्यापिटल चार्ज गर्ने भएको छ । चैत मसान्तसम्ममा सात वाणिज्य बैंकले तरलता अनुपात (लिक्विडिटी टू डिपोजिट रेसियो ‘एलडी’) कायम गर्न नसेकेको भन्दै राष्ट्र बैंकले क्यापिटल चार्ज गर्न लागेको हो ।
कारवाहीमा पर्ने बैंकहरुमा प्राइम बैंक, एसबीआई बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, सिद्धार्थ बैंक, सेञ्चुरी बैंक र सनराइज बैंक रहेका छन् । चैत मसान्तमा तरलता अनुपात काम गर्न नसकेका बैंकहरुलाई राष्ट्र बैंकले क्यापिटल चार्ज गर्ने भएको हो ।
यसमा सबैभन्दा कम तरलता अनुपात कायम रहेको प्राइम बैंक सबैभन्दा अग्रस्थानमा रहेको छ । त्यसको तरलता अनुपात १५.९१ प्रतिशत रहेको छ ।यस्तै एसबीआई बैंकको १८.१४ प्रतिशत, कुमारीको १८.२३ प्रतिशत, लक्ष्मीको १८.८७ प्रतिशत, सिद्धार्थ बैंकको १९.०२ प्रतिशत रहेको छ । यस्तै सेञ्चुरी बैंक १८.०८ प्रतिशत तरलता अनुपात रहेको छ भने सनराइज बैंकको १९.०४ प्रतिशत रहेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया