प्रचण्ड र लिउबीच भेटवार्ता

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ चारदिने औपचारिक भ्रमणका लागि आइतबारदेखि नेपालमा छन् ।
भ्रमणको पहिलो दिन नेता लिउले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्री नारायण खड्कासँग भेटवार्ता गरे । उनले सोमबार पनि यो श्रृंखलालाई जारी राख्दै विभिन्न राजनीतिक दलका शीर्ष नेतासँग भलाकुसारी गर्दैछन् ।
यसैबीच, उनले आज नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । उनीहरूबीच प्रचण्ड निवास खुमलटारमा भेटवार्ता भएकाे उनको सचिवालयले जनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत पनि विदेश विभाग प्रमुख लिउले भेट गर्ने कार्यक्रम छ । राष्ट्रपतिसँगको भेटवार्ताका लागि मंगलबार बिहानको समय तय भएको बताइएको छ ।
उनी बुधबार स्वदेश फर्कंने तालिका छ ।
किन आए चिनियाँ विदेश विभाग प्रमुख नेपाल ? यस्तो छ चीन मामिलाका जानकारको बुझाइ !
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया