एनएमबी बैंक र फ्लाइवायरबीच समझदारी, अब अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानी अनलाइनबाटै गर्न सकिने

काठमाडौं । एनएमबि बैंकले विदेशमा अध्ययनरत तथा विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई लक्षित गरी डिजिटल भुक्तानीको लागि फ्लाइवायर कर्पोरेशनसंग द्विपक्षीय सम्झौता गरेको छ ।
उक्त सम्झौतासंगै बैंक फ्लाइवायरको तर्फबाट विश्व भरका १७ सय भन्दा बढी शैक्षिक संस्थाहरुमा भुक्तानीको लागि नेपालको एकमात्र बैंक भएको कम्पनीले जनाएको छ । बैंकका अनुसार नेपालबाट विदेशमा अध्ययनरत तथा विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुले फ्लाइवायरमार्फत अमेरिका, क्यानडा र अष्ट्रेलियामा अन्तर्राष्ट्रिय शिक्षाको भुक्तानीको लागि कुनै पनि नेपाली बैंकबाटै आफ्नो शैक्षिक खर्च तिर्न सक्नेछन् ।
अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानी गर्न चाहने नेपाली ग्राहकहरुका लागि परम्परागत भुक्तानी प्रक्रिया निकै झन्झटिलो र सुरक्षा जोखिमयुक्त थियो । त्यसै गरी रकम प्राप्त हुने संस्थामा पनि ट्युशन शुल्कहरु सजिलै ट्रयाक गर्न र विभिन्न मुद्रामा भएको भुक्तानी स्वीकार गर्न पनि गाह्रो हुने तथा धेरै कागजी प्रक्रियाहरु पुरा गर्नु पर्ने बाध्यता थियो । हाल बैंक र फ्लाइवायरले संगसंगै अन्तर्राष्ट्रिय शैक्षिक खर्चको भुक्तानीको लागि एक नयाँ प्रकारको उच्च डिजिटल प्रविधियूक्त सेवा प्रदान गर्दै छ ।
‘फ्लाइवायरसंगको सहकार्यले ग्राहकहरुको लागि विभिन्न जोखिमहरु हटाई एक सुव्यवस्थित भुक्तानी प्रदान गर्ने लक्ष्य राखेको बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिल केसीले बताए । उनले भने ‘हामी विश्वस्त छौं कि यो साझेदारी हाम्रो मूल्यवान ग्राहकहरुको लागि अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानीको लागि एकद्वार समाधानको श्रोतले गर्दा महत्वपूर्ण हुनेछ ।’
त्यस्तै ग्लोबल एजुकेशन फ्लाइवायर का इभिपी शेरोन बटलरले अष्ट्रेलिया, अमेरिका, क्यानाडा र अन्य सबै ग्राहकहरुले नेपालबाट अध्ययन गर्न आउने विद्यार्थीहरुलाई अझ सरल भुक्तानी माध्यमको लागि सोधिरहेको सन्दर्भमा अद्वितीय भुक्तानी सुविधा प्रदान गर्न एनएमबि बैंकसंग सामझदारी गर्न उत्साहित भएको जनाएको छ ।
ताजा अपडेट
-
११ महिनामा १५ खर्ब ३२ अर्ब रेमिट्यान्स भित्रियो
-
रास्वपा र राप्रपाद्वारा आज पनि संसद् बैठक बहिष्कार
-
ल्हेन्दे खोला बाढी: तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
-
सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
प्रतिक्रिया