सुन्दरीजल पुगेर चिनियाँ विदेश विभाग प्रमुखले भने, ‘मैले बिपीबारे बुझेको छु’

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियन्चओले गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित बिपी सङ्ग्रहालयको निरीक्षण गरेका छन् ।
विदेश विभाग प्रमुख लिउले बिपी कोइरालाले लामो समय जेल जीवन विताउनु भएको सङ्ग्रहालयको आज निरीक्षण गर्नुका साथै सङ्ग्रहालय परिसरमा वृक्षरोपण गरे । विदेश विभाग प्रमुख लिउले सङ्ग्रहालयको अभिरुचिपूर्वक अवलोकन गरेको अध्यक्ष परशुराम पोखरेलले जानकारी दिए ।
भूकम्पपछि सङ्ग्रहालयको पुनःनिर्माण, विगतदेखिको नेपाल चीन मित्रवत सम्बन्ध र बिपी कोइरालाको योगदानको उनले स्मरण गरेका थिए । विदेश विभाग प्रमुख लिउले सङ्ग्रहालयमा रहेको आगन्तुक पुस्तिकामा हस्ताक्षर पनि गरेका थिए ।
अध्ययनका क्रममा बिपीलाई आफूले बुझेको बताउँदै उनले सङ्ग्रहालयको अवलोकनले प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई नजिकबाट बुझ्ने अवसर पाएको बताए । सङ्ग्रहालयका अध्यक्ष पोखरेलले कोइरालाको समग्र पक्षका बारेमा चिनियाँ विदेश विभाग प्रमुख लिउलाई जानकारी गराएका थिए ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया