NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ७ गते

होटल ए वान क्याफे भेन्युको २० औँ शाखा काठमाडौंको कोटेश्वरमा

काठमाडाैं । रोयल ए वान फाष्टफुट ग्रुप द्वारा सञ्चालित होटल ए वान क्याफे भेन्युको २०औँ शाखा काठमाडौंको कोटेश्वरमा सोमबार देखि सञ्चालनमा आएको छ ।

सोमबार कोटेश्वर चोक नजिकै खुलेको होटल ए वान क्याफे भेन्युको नयाँ शाखाको बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले उद्घाटन गरेका हुन् । होटल ए वान क्याफे भेन्युको उद्घाटनमा हास्यकलाकारहरु,वडाका जनप्रतिनिधिहरु समेतको सहभागिता रहेको थियो । होटल उद्घाटन गर्दै वागमती प्रदेशका सभामुख श्रेष्ठले होटल ए वान क्याफे भेन्युले होटल तथा पर्यटनको क्षेत्रमा ठूलो योगदान दिएको बताए ।

उनले ए वान क्याफे भेन्युले उद्यमशीलता, रोजगारी,पर्यटन प्रबर्द्धन र उत्पादनको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको बताए । सभामुख श्रेष्ठले भेन्युले शाखा विस्तारसँगै गुणस्तरीय सेवा दिनु पर्ने बताए । काठमाडौं उपत्यकामा एक दशक लामो समय देखि होटल ए वान क्याफे , बैंक्वेट सञ्चालन गर्दै आएको रोजगारी क्षेत्रमा राज्लाई सहयोग गरेको सभामुख श्रेष्ठको भनाइ छ।

त्यस्तै,रोयल ए वान समूहका सञ्चालक राकेश श्रेष्ठले ‘खाद्य स्वच्छता र सेवामा उत्कृष्टता’ दिने गरि कोटेश्वरमा पनि नयाँ होटल क्याफे भेन्यु सहित नयाँ शाखा खोलिएको बताए । श्रेष्ठका अनुसार काठमाडौँ उपत्यकामा होटल ए वान क्याफे भेन्युका २० वटा शाखा होटेल रेस्टुरेन्ट तथा पार्टी प्यालेस सञ्चालनमा रहेका छन् ।

होटल ए वान क्याफे भेन्युले युवालाई उद्यमशीलतामा जोड्ने,युवालाई स्वरोजगार बनाउने, रोजगारी सिर्जना गर्ने र नेपाली उत्पादन बस्तुको प्रोत्साहनलाई प्राथमिकता दिएको उनले बताए । सञ्चालक श्रेष्ठका अनुसार क्याफेले आर्थिक सामाजिक रूपान्तरण, स्वच्छ सफा गुणस्तरीय रमणीय वातावरण सहित सेवासहित पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउँदै आएको बताए । उनले रोयल ए वान ग्रुपले काठमाडौंमा मात्रै नभए ग्रामीण क्षमेत सेवा विस्तार गरिरहेको बताए ।

नयाँ खुलेको होटल ए वान क्याफे भेन्यु शाखामा १००० जनाले एकैसाथ सेवा लिन सक्नेछन् । यो भेन्युमा विवाह, व्रतबन्ध, पार्टी, सेमिनार ,गोष्ठी,भेला तथा समारोह लगायतका लागि स्वच्छ सफा वातावरणमा सहितको सेवा उपलब्ध रहेको छ। ए वान होटलले विभिन्न शाखामार्फत प्रत्यक्ष रुपमा पाँच सय जनालाई रोजगारी प्रदान गरेको छ भने १३५ जनालाई उद्यमशील बनाएको छ।

ताजा अपडेट

नेपालवाच विशेष