NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

तीज नआउँदै ट्रेन्डिङ एकमा पुग्यो चलाउनेको तीज गीत ‘झमझम झुम्काना’

काठमाडौं । तीज आउन झन्डै डेढ महिना बाँकी रहँदा टिकटक, युट्युबमा तीजका गीतहरु बज्न सुरु गरेका छन् । कलाकारहरुले तीजलाई लक्षित गरी गीत बजारमा सार्वजनिक गरिरहेका छन् ।

यस्तैमा गायक भागीरथ चलाउनेले युट्युबमा सार्वजनिक गरेको तीज गीत ‘झमझम झुम्काना’ ट्रेन्डिङ एकमा पुगेको छ । सार्वजनिक भएको ५ दिनमा यो गीत युट्युबमा पहिलो नम्बरमा आएको हो ।

गीतलाई ७ लाख ९१ हजारभन्दा बढीले हेरिसकेका छन् । सुनिता बुढाक्षेत्री र भागीरथ चलाउनेको स्वर रहेको गीतमा गीता ढुंगाना र चलाउनेले अभिनय गरेका छन् ।