निर्माता थापाले गरे मुटुको शल्यक्रिया

काठमाडौं । निर्माता सुनिलकुमार थापाले ओपन हार्ट सर्जरी गराएका छन् ।
मंगलबार काठमाडौंस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उनको सर्जरी डाक्टर भगवान कोइरालाले गरेको अभिनेत्री सुहाना थापाले बताएकी छन् ।
सुहानाले फेसबुकमार्फत उक्त कुराको जानकारी गराएकी हुन् । सानैदेखि मुटुमा प्वाल परेको भए पनि अहिले आएर मात्र सुनिलले शल्यक्रिया गरेको जनाइएको छ ।
अहिले सुनिललाई सघन उपचार कक्षमा राखिएको र स्वास्थ्यलाभ भइरहेको जनाइएको छ ।
प्रतिक्रिया