NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

तरलता अभाव अवसर हुन सक्छ, सुध्रिने बेला यही हो : कार्यकारी निर्देशक श्रेष्ठ

काठमाडाैं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाश कुमार श्रेष्ठले बैंकिङ प्रणालीमा देखिएको अहिलेको तरलता अभावको समस्या बैंक, वित्तिय संस्था एवं लघुवित्तका लागि अवसर हुने सक्ने बताएका छन् ।

मंगलबार माइक्रोफाइनान्स एशोसिएसन अफ नेपालले काठमाडौंमा आयोजना गरेको मौद्रिक नीतिसम्बन्धी अन्तरक्रिया कार्यक्रमममा उनले सो कुरा बताएका हुन् । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो जेठ महिनाको तथ्यांकअनुसार अहिलेसम्म बाहिर क्षेत्रको दवाव छ । सोधान्तर स्थिति घाटामा छ साथै विदेशी विनिमय सञ्चिती घट्दै गइरेहको छ । यी कुरामा कमी आएकै कारण बैकिङ प्रणालीमा तरलताको अभाव आएको उनको भनाइ छ ।

तरलताको अभावबाट लघुवित्त पनि अछुतो नभएकाले त्यहीअनुसार चल्न उनले लघुवित्त कम्पनीहरुलाई आग्रह गरेका छन् । ‘शोधारन्तर घाटा, सञ्चितिमादेखि जे जे कुरामा कमी आएको छ । ती कुरामा आएको कमीकै कारणले बैकिङ प्रणालीमा तरलताको अभाव आएको छ । तरलताको अभाव भइसकेपछि यहाँहरुले पनि त्यो स्थिति भोग्नुभएको छ । महसुस गर्नुभएको छ,’ उनले भने लघुवित्तल पनि बैंकिङ प्रणालीकै स्रोत प्रयोग गर्ने हुनाले अछुतो छैन, अहिले तरलताको अभाव छ, त्यही हिसाबले काम गर्नुप-यो ।’

अर्कोतिर मौद्रिक नीति भनेको कर्जा व्याजदरसँग सम्बन्धित भएकाले यी सबैभित्र सवैथोक समावेश गर्नुपर्ने र राष्ट्र बैंकले अहिले सबै क्षेत्रलाई समेट्ने गरी मौद्रिक नीति ल्याउने गरी तयारी गरिरहेको उनले बताए । जबसम्म व्यापार घाटा,वैदेशिक ऋण, रेमिटेन्स, शोधान्तर घाटाजस्ता विषयमा सुधार हुँदैन तबसम्म तरलताको अभाव रहिरहने उनको भनाइ छ । उनले अहिले तरलता अभामा लघुवित्तले कर्जा विस्तार गर्न पाएन, ऋण विस्तार गर्न पाएन कार्य क्षेत्र विस्तार भएन भनेर चिन्ता व्यक्त गर्नुभन्दा अवसरको रुपमा लिएर गुणस्तरमा सुधार गर्नुपर्नेमा जोड सुझाव दिए ।

उनले भने ‘लघुवित्तको आफ्नो गुणस्तर छैन, क्लाइन्ट सुरक्षा भइरहको छैन, लघुवित्तका नियम कानुन पालना भइरहेको छैन, तथ्यसहित प्रमाणित भइसको छ । यसको सुधार गर्ने बेला यही हो ।’

राष्ट्र बैंकले अहिले साढे ३ खर्बजति तरलता प्रवाह गरिरहेको भएपनि त्यसले पुगिरहेको छैन । अहिले शोधान्तर घाटा सुधार मूख्य चुनौतीको रुपमा रहेको बताउँदै उनले शोधान्तर घाटा सुधार्नको लागि तरलतालाई सहज गरिदिनेतर्फ राष्ट्र बैंक केन्द्रित रहेको पनि बताए ।

साथै लघुवित्त कम्पनीले समस्या कहाँनिर हो त्यसमा केन्द्रिकृत गरेर समाधानतर्फ लाग्न पनि उनले अनुरोध गरे । लघुवित्तको समस्या सुधारमा राष्ट्र बैंक निरन्तर लागिरहेको र साथ निरन्तर दिने पनि उनले आश्वसान दिलाएका छन् ।