NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

सडक नै नपुगेको ठाउँमा सुरुङ !

काठमाडौं । सडक पहुँच नै नपुगेको ठाउँमा सुरुङ निर्माण गर्न भन्दै सरकारले त्यसको अध्ययनका लागि बजेट छुट्याएको छ । सुरुङ बनाउने भनिएका केही ठाउँमा प्रारम्भिक अध्ययनका लागि प्रयोग हुने मेसिन तथा औजार लैजान नै समस्या हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतले जनाएको छ । हचुवा र राजनीतिक दबाबमा बर्सेनि यसैगरी सुरुङको संख्या थप्दै लगिएको छ । तर सुरुङ कति वर्ष र खर्च लाग्छ, आकलन छैन ।

सडक नै नपुगेका रारा राजमार्गको कुशेपाटन र जुम्ला इमिलचा खोलामा सुरुङ निर्माण गर्ने भन्दै अध्ययनका लागि बजेट विनियोजन गरिएको हो ।

चितवनको दुम्लिङ–वासवाङ, बागलुङ–बिहुँ–नरेठाँटी, पाल्पाको प्रवास जोर्ते, काभ्रेको गोदावरी–मानेचौर खण्डमा कतै पहुँच मार्ग भए पनि कम सवारी गुड्ने र कतै हुँदै नभए पनि सुरुङबारे अध्ययन गर्न भन्दै बजेट राखिएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

‘सुरुङ भनेको रहर र लहडमा बनाउने कुरा होइन, मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘पहिले यसले के फाइदा दिन्छ, लगानी कति लाग्छ, कति समय लाग्छ, सबै विषय राम्ररी बुझ्नुपर्छ ।’ बनाउने क्षमता राज्यको छ÷छैन भनेर नबुझी मुलुक सुरुङ युगमा प्रवेश गर्यो भनेर हल्ला पिटाउने काम बढी भएको ती अधिकारीको भनाइ छ ।