खगेन्द्र लामेछानेको पानी फोटोको ट्रेलर सार्वजनिक
काठमाडौं । कलाकार खगेन्द्र लामेछानेले निर्देशन गरेको चलचित्र पानी फोटोको ट्रेलर सार्वजनिक गरिएको छ । उक्त चलचित्र देशभर साउन १३ गतेदेखि लाग्ने भएको छ । चलचित्र दीपक बज्राचार्यले खिचेका हुन् भने निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।
माओवादी जनयुद्धमा हराएको छोरोको पर्खाइमा बसेका आमाबुबाको कथा देखाउन खोजिएको उक्त चलचित्रमा अनुप बराल, मेनुका प्रधान, मलिका महत, खगेन्द्र लामिछाने, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, रमेश अधिकारी, कमलमणि नेपाल, अनुज पाण्डे, राधा श्रेष्ठ, श्याम कुमारलगायत कलाकारको अभिनय रहेको छ ।
ट्रेलरलाई मंगलबार हाइलाइट्स नेपालको च्यानलबाट सार्वजनिक गरिएको हो । लामेछानेले योभन्दा अघि पशुपति प्रसाद निर्माण गरेका थिए ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया