खगेन्द्र लामेछानेको पानी फोटोको ट्रेलर सार्वजनिक
काठमाडौं । कलाकार खगेन्द्र लामेछानेले निर्देशन गरेको चलचित्र पानी फोटोको ट्रेलर सार्वजनिक गरिएको छ । उक्त चलचित्र देशभर साउन १३ गतेदेखि लाग्ने भएको छ । चलचित्र दीपक बज्राचार्यले खिचेका हुन् भने निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।
माओवादी जनयुद्धमा हराएको छोरोको पर्खाइमा बसेका आमाबुबाको कथा देखाउन खोजिएको उक्त चलचित्रमा अनुप बराल, मेनुका प्रधान, मलिका महत, खगेन्द्र लामिछाने, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, रमेश अधिकारी, कमलमणि नेपाल, अनुज पाण्डे, राधा श्रेष्ठ, श्याम कुमारलगायत कलाकारको अभिनय रहेको छ ।
ट्रेलरलाई मंगलबार हाइलाइट्स नेपालको च्यानलबाट सार्वजनिक गरिएको हो । लामेछानेले योभन्दा अघि पशुपति प्रसाद निर्माण गरेका थिए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया