अज्ञात रोगले अफगानिस्तानमा बीस बालबालिकाको मृत्यु

काबुल । अफगानिस्तानको दक्षिणी हेलमान्ड प्रान्तमा अज्ञात रोगको प्रकोपले २० जना बालबालिकाको मृत्यु भएको छ ।
बितेका दुई दिनमा बाघरान जिल्लामा ती बालबालिकाको मृत्यु भएको सूचना एवम् संस्कृतिसम्बन्धी प्रान्तीय निर्देशक हाफिज रशिदले बताए । दूषित पानीका कारण उनीहरूको ज्यान गएको उनको अनुमान छ । बालबालिकासहित केही प्रभावितहरूको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेकोछ । अधिकारीले बताए ।
अफगानिस्तानको सुदूर क्षेत्रहरूमा स्वास्थ्य केन्द्र र स्वच्छ पिउने पानीमा पहुँच नहुँदा त्यहाँका स्थानीय रोग र मृत्युको जोखिमबाट मुक्त हुन सकेका छैनन् ।
ताजा अपडेट
-
मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै ,५ वर्षमा पर्यटकको सङ्ख्या दोब्बरले बृद्धि
-
वर्षाले विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध
-
जुम्लामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते
-
असारदेखि भदौसम्म सडक भत्काउन काठमाडौं महानगरको रोक
-
दुई बर्षमा निर्माण सक्नु पर्ने सडक पाँच बर्षसम्म अधुरै
प्रतिक्रिया