‘दिलमाया-२’ पुष २९ देखि प्रदर्शनमा आउने
काठमाडौं । निर्देशक राजु गिरीको दिलमाया-२ पुष २९ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ । उनले बुधबार पोष्टर सार्वजनिक गर्दै उक्त चलचित्रको मिति तोकेका हुन् ।
उनले यस चलचित्रमा उनको पहिलो सिरीज दिलमायाको गीत ‘छुट्छ कि साथ’लाई रिमेक गरेर चलचित्रमा राखेको बताएका छन् ।
चलचित्रमा सविन बास्तोला, राजु गिरी, अस्मिता बस्नेत, नारायण खाती, हिरादेवी श्रेष्ठ, कंगना गिरी लगायतको अभिनय रहेको छ ।
चलचित्रलाई अर्जुन पोखरेलको संगीत भरेका हुन् भने खुम बहादुर सुनारले सम्पादन गरेका हुन् । राजु गिरी निर्देशित पहिलो ‘दिलमाया’ लाई उनले सन् २०६३ सालमा निमार्ण गरेका थिए । उक्त चलचित्रमा निखिल उप्रेती, अरुणिमा लम्सालको मुख्य भूमिका थियो ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया