‘दिलमाया-२’ पुष २९ देखि प्रदर्शनमा आउने
काठमाडौं । निर्देशक राजु गिरीको दिलमाया-२ पुष २९ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ । उनले बुधबार पोष्टर सार्वजनिक गर्दै उक्त चलचित्रको मिति तोकेका हुन् ।
उनले यस चलचित्रमा उनको पहिलो सिरीज दिलमायाको गीत ‘छुट्छ कि साथ’लाई रिमेक गरेर चलचित्रमा राखेको बताएका छन् ।
चलचित्रमा सविन बास्तोला, राजु गिरी, अस्मिता बस्नेत, नारायण खाती, हिरादेवी श्रेष्ठ, कंगना गिरी लगायतको अभिनय रहेको छ ।
चलचित्रलाई अर्जुन पोखरेलको संगीत भरेका हुन् भने खुम बहादुर सुनारले सम्पादन गरेका हुन् । राजु गिरी निर्देशित पहिलो ‘दिलमाया’ लाई उनले सन् २०६३ सालमा निमार्ण गरेका थिए । उक्त चलचित्रमा निखिल उप्रेती, अरुणिमा लम्सालको मुख्य भूमिका थियो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया