NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

बेलायतमा प्रधानमन्त्री निर्वाचनका लागि आठ जना उम्मेदवार प्रतिस्पर्धामा

लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको राजिनामापछि रिक्त कन्जरभेटिभ पार्टीको नेताको निर्वाचनका लागि आठ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिने भएका छन् । पूर्व स्वास्थ्यमन्त्री साजिद जाविद र अन्य दुई मन्त्रीहरू रहमान चिश्ती र ग्राण्ड शाप्स भने प्रतियोगिताबाट बाहिरिने निर्णय गरेका छन् ।

पहिलो चरणको प्रतिस्पर्धामा सबैसँग कम्तीमा २० जनाको समर्थन रहेकोले सबै प्रतिस्पर्धाका लागि योग्य मानिएका छन् ।

टोरी पार्टीको नेताको उम्मेदवारीका लागि दर्ता प्रक्रिया पूरा भई स्थानीय समय अनुसार साँझ छ बजे समाप्त भएको छ ।

मतदानको पहिलो चरणमा प्रवेश गर्न सफल सम्भावित दाबेदारहरूमा पूर्व मन्त्रीहरू ऋषि सुनाक, लिज ट्रस, नाधिम जाहवी, जेरेमी हन्ट, पेनी मोर्डनट, हाउस अफ कमन्सका अध्यक्ष टम टुजेन्हाट, इंग्ल्याण्ड र वेल्सका महान्यायाधिवक्ता सुएला ब्रेभरम्यान र समानताका लागि भूतपूर्व राज्य मन्त्री केमी बाडेनोक देखिएका रूसी समाचार संस्था स्पुत्निकले जनाएको छ ।

पहिलो मतदानमा ३० जना सांसदको समर्थन सुरक्षित गर्न नसकेका कुनै पनि उम्मेदवारहरू दोस्रो चरणको प्रतिस्पर्धामा सहभागी हुन पाउने छैनन् ।