यी हुन् शून्य बेरुजु हुने स्थानीय तह
काठमाडौं । महालेखापरीक्षकको ५९ औं वार्षिक प्रतिवेदन सार्वजनिक भएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा शून्य बेरुजु हुनमा ताप्लेजुङको सिरजंगा गाउँपालिका, प्युठानको मल्लरानी र सरुमारानी गाउँपालिका रहेका छन् ।
त्यस्तै, स्थानीय तहमा पाँच प्रतिशतभन्दा कम बेरुजु हुने ५ सय ३३ स्थानीय तह रहेका छन् । पाँचदेखि १५ प्रतिशतसम्म बेरुजु हुने १९३ स्थानीय तह रहेका छन् भने १५ प्रतिशतभन्दा बढी बेरुजु हुनेमा १८ स्थानीय तह छन् ।
सबैभन्दा बढी बेरुजु महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा (२३.८९ प्रतिशत) देखिएको छ । लेखापरीक्षणको अंकको तुलनामा स्थानीय तहतर्फ ४.१८ प्रतिशत बेरुजु कायम भएको छ ।
महालेखाले ७ सय ५३ मध्ये ७ सय ४४ वटा स्थानीय तहको रू ९ खर्ब ९३ अर्ब ५९ करोड ३१ लाखको लेखापरीक्षण गरेको थियो । मधेश प्रदेशका आठ र कर्णाली प्रदेशको एकसहित ९ स्थानीय तहको लेखापरीक्षण गर्न बाँकी छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया