NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

बेलायतमा प्रधानमन्त्रीका लागि ऋषि सुनक पहिलो नम्बरमा

लन्डन । बेलायतका पूर्वअर्थमन्त्री ऋषि सुनक कन्जरभेटिभ पार्टीको नेता र आगामी प्रधानमन्त्री बन्नका लागि पहिलो चरणको मतदानमा विजयी भएका छन् ।

पार्टी सांसदको मतदानमा उनले ८८ मत प्राप्त गरेका छन्, उद्योगमन्त्री पेनी मोर्डेन्ट ६७ मतका साथ दोस्रो र विदेश सचिव लिज ट्रस ५० मतसहित तेस्रो भए ।

अर्थमन्त्री नदिम झावी र पूर्वस्वास्थ्य सचिव जेरेमी हन्ट प्रधानमन्त्री बन्ने दौडबाट बाहिरिएका छन् । उम्मेदवारहरूले बिहीबार हुने अर्को चरणको मतदानको सामना गर्नुपर्नेछ ।

अर्को साताको अन्त्यसम्ममा यस दौडमा दुई उम्मेदवार बाँकी रहनेछन्, त्यसपछि १ लाख ६० हजार टोरी सदस्यले कन्जरभेटिभ पार्टीको नेता र बेलायतको आगामी प्रधानमन्त्रीका रूपमा एक जना उम्मेदवार तय गर्नेछन् ।

बेलायतको आगामी प्रधानमन्त्रीको घोषणा सेप्टेम्बर ५ मा हुने भएको छ ।

ऋषि सुनकले गत साता बोरिस जोनसनको क्याबिनेटबाट राजीनामा दिएपछि धेरै मन्त्री र अधिकारीहरूले सरकार छोडेका थिए । अन्ततः बोरिस जोनसनले कन्जरभेटिभ नेताको पदबाट राजीनामा दिए ।