सिजीको मेरिडिया सिग्नेचर सिरिजले ल्यायो इण्टरनेटबाट चलाउन सकिने उपकरणहरू
काठमाडौं । सिजीले आफ्नो ‘सिजी मेरिडिया सिग्रेचर सिरीजअन्तर्गत इण्टरनेटको माध्यमबाट चलाउन सकिने विविध प्रिमियम विद्युतीय उपकरणहरू बजारमा ल्याएको छ । यी उपकरणहरू इण्टरनेटसँग जोडेपछि जहाँबाट पनि चलाउन सकिने कम्पनीले जनाएको छ ।
आफ्ना सुरूवाती दिनहरूदेखि नै परिस्कृत र उन्नत प्रविधिको उत्पादन नेपाली बजारलाई उपलब्ध गराएर लोकप्रियता बटुल्दै आइरहेको सिजीले यस पटक आइओट (ईन्टरनेट अफ थिङ्ग्स) सुविधासहितको प्रिमियम मल्टी डोर तथा साईड बाई साईड रेफ्रिजेटर र एसी बजारमा ल्याएको हो ।
यी आइओटी प्रोडक्टहरुलाई केवल एउटा सिजी स्मार्ट होम एपको मार्फत सजिलै चलाउन सकिने कम्पनीले जानकारी गराएको छ । कम्पनीका अनुसार यी प्रोडक्टहरु एक अर्कासंग इको स्टिमको तरिकाले जोडिएका हुन्छन् । आइओटी सुविधाको साथ ग्राहकले घर र कोठा घरबाहिर भएको बेला पनि चाहिएको अनुसार तापक्रममा कोठालाई न्यानो वा शीतल बनाउन सक्ने र रेफ्रिजेरेटरलाई पनि कन्ट्रोल गर्न सकिने कम्पनीले उल्लेख गरेको छ । उक्त रेफ्रिजेरेटरमा १० वर्षको वारेण्टी मोटरमा र एसीमा ५ वर्षको वारेण्टी कम्प्रेसरमा पनि दिएको छ ।
यी उपकरणहरूको साथ ग्राहकहरूको जीवन अब अझ सुविधायुक्त, सहज, स्मार्ट र प्रभावकारी हुने कम्पनीले जनाएको छ । यसका अतिरिक्त, आइओटी सुविधायुक्त ‘सिजी मेरिडिया सिग्रेचर सिरिजका अन्य उपकरणहरू पनि चाँडै नै बजारमा ल्याउने योजना रहेको कम्पनीले जानकारी दिएको छ ।
ताजा अपडेट
-
‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’
-
अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै
-
भोटेकोशी बाढी : उद्धार, राहत र विद्युत् पुन:स्थापनामा जुट्यो मन्त्रालय
-
भोटेकोशी बाढी : १ हजार ३४४ शव फेला, ८९८ जना अझै सम्पर्कविहीन
-
पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित


प्रतिक्रिया