पूर्वमुख्यमन्त्री डोरमणिको टोलीले १ लाखको राहत बाँड्दा हेलिकोप्टरलाई तिर्यो २८ लाख भाडा

काठमाडौं । वागमती प्रदेशका तत्कालीन मुख्यमन्त्रीसहितको टोलीले एक लाखको राहत सामान बाँड्न जाँदा २८ लाख भन्दा बढी हेलिकोप्टर भाडा भुक्तानी गरेको पाइएको छ ।
दुई वर्षअघि २०७७ साउन २६ गते सिन्धुपाल्चोकको लिदीमा गएको पहिरोबाट प्रभावित परिवारलाई राहत बाँड्न तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलसहितको टोली लिदी पुगेको थियो ।
एक लाख ११ हजार मूल्यको दाल, चामल, स्वास्थ्य सामाग्रीलगायतका राहत सामाग्री बोकेर गएको टोलीले १५ पटक हेलिकोप्टरको प्रयोग गर्यो । त्यसमा १२ पटक त नेपाली सेनाको हेलिकोप्टर प्रयोग भएको थियो भने तीन पटक नीजि क्षेत्रको ।
सेनाको हेलिकोप्टर १२ पटक प्रयोग गरिएबापत ३.१५ घण्टाको दरले वागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट २५ लाख ६८ हजार रूपैयाँ भुक्तानी भएको छ ।
त्यस्तैगरी एक निजी वायुसेवा कम्पनीको हेलिकोप्टर पनि तीनपटकसम्म प्रयोग गरेबापत थप तीन लाख रूपैयाँ भुक्तानी भएको छ । जम्मा एक लाख ११ हजार रूपैयाँ बराबरको राहत वितरण गर्न कुल २८ लाख ६८ हजार रूपैयाँ खर्च गरेकोमा महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएको छ ।
महालेखाले आफ्नो ५९ औं वार्षिक प्रतिवेदनमार्फत यो विवरण सार्वजनिक गर्दै यस्तो अनुत्पादक खर्चमा नियन्त्रण गर्न प्रदेशलाई सुझाएको हो ।
ताजा अपडेट
-
आरसीबीको विजय जुलुसमा भागदौड : ११ जनाको मृत्यु, शोकमा बदलियो उत्सव
-
किर्गिजस्तानका पूर्व राष्ट्रपतिलाई ११ वर्ष जेल सजाय
-
पर्यटक आकर्षणको केन्द्र बन्दै ‘ढोरपाटन जलजला’
-
महेश बर्तौला भन्छन् ,गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन आयोग पनि बन्दैन
-
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
प्रतिक्रिया