बजेट सक्न विदेश भ्रमणमा छन् यी कार्यालयका कर्मचारी

काठमाडौं । विदेशी मुद्राको सञ्चिति घटिरहेको भन्दै सरकारले विदेश भ्रमणमा कडाइ गरिरहेका बेला त्यसविपरीत कर्मचारीकाे धुइराे लागेकाे छ । केही घुमेर फर्किंसकेका छन् भने केहीचाहिँ अझै विभिन्न मुलुकमा छन् ।
आर्थिक वर्षको अन्त्यमा सञ्चय कोषका १० जना कर्मचारी एकैपटक विदेश भ्रमणमा गएका छन् । कोषका १० कर्मचारी अध्ययन भ्रमणका नाममा बुधत्रबार थाइल्याण्ड गएका हुन् ।
आर्थिक वर्ष सकिनै लाग्दा कोषकै रकम खर्चेर उनीहरू विदेश सयरमा निस्किएका हुन् । उनीहरू असार मसान्तसम्म फर्किनेछन् । कोषका कर्मचारी अध्ययन भ्रमण निम्ति थाइल्याण्ड गएको कोषका प्रवक्ता दामोदर सुवेदीले बताए ।
यस्तै भन्सार विभागबाट पनि हालै ६ जनाको टोली मलेसिया पुगेको छ । विभाग स्रोतका अनुसार कर्मचारीको उक्त टोली अहिले मलेसियामै छ । भन्सार प्रणाली आसिकुडा डेभलपमेन्ट ट्रेनिङका लागि टोली मलेसिया गएको भन्सार स्रोतले बतायो । नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया