डोनाल्ड ट्रम्पकी प्रथम पत्नीको निधन
काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रथम पत्नी इभाना ट्रम्पको निधन भएको छ । तीन सन्तानकी आमा ७३ वर्षीया इभानाको शुक्रबार निधन भएको हो ।
इभानाकी जेठी छोरी इमान्काले इन्ष्टाग्राममार्फत आफ्नी आमाको निधन भएको पुष्टि गरेकी छन् ।
इभाना आफ्नो न्युयोर्क सिटी नजिकैको घरको सिढीमा अचेत अवस्थामा फेला परेकी थिइन् । समाचार संस्था एपीका अनुसार, लडेर उनको मृत्यु भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।
हालको चेक गणतन्त्रमा जन्मिएकी इभानाको सन् १९७७ मा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँग विवाह भएको थियो । तर उनीहरूको सम्बन्ध १५ वर्ष मात्र टिक्यो । सन् १९९२ मा दाम्पत्य जीवनबाट अलग उनीहरूका डोनाल्ड जुनियर, इभाना र इरिक गरी तीन सन्तान छन् ।
डोनाल्ड ट्रम्पले पूर्वपत्नीको निधनप्रति दुःख प्रकट गर्दै उनी अदभूत र सुन्दर र रहेको सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन् । साथै उनले इभानाले सानदार र प्रेरणादायी जीवन बाँचेको पनि उल्लेख गरेका छन् ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया