बेलायत : प्रधानमन्त्रीको दाैडमा भारतीय मूलका सुनक सबैभन्दा अगाडि, सुएला ‘आउट’
काठमाडौं । बेलायतको प्रधानमन्त्रीको दौडमा भारतीय मूलका ऋषि सुनक सबैभन्दा अगाडि देखिएका छन् । उनी बेलायतको पूर्व वित्त मन्त्री हुन् । भारतीय मूलकै अर्की एक आकांक्षी भने यो रेसबाट आउट भएकी छन् ।
बोरिस जोन्सनले राजीनामा दिएपछि नयाँ प्रधानमन्त्री चयन गर्न कन्जरभेटिभ पार्टीको संसदीय दलमा प्रक्रिया सुरु भएको छ । कञ्जरभेटिभ पार्टीबाट प्रधानमन्त्रीमा केमी ब्याडेनोक, सुएला ब्रेभरम्यान, जेरेमी हन्ट, पेनी मोर्डन्ट, ऋषि सुनाक, लिज ट्रस, टम टुगेन्डहट र नदिम जहावीले उम्मेदवारी दिएका थिए । चर्चामा रहेका साजिद जाविद, ग्रान्ट स्याप्स्, रेमन चिष्टी, प्रिटी पटेललगायतले भने पर्याप्त समर्थन जुटाउन नसकेपछि उम्मेदवारी नै दिन सकेनन् । प्रधानमन्त्री छनोटको दोस्रो चरणमा आइपुग्दा रेसमा पाँच जना मात्र बाँकी बसेका छन् ।
बिबिसीका अनुसार, दोस्रो चरणमा भएको मतदानमा सुनक सबैभन्दा अगाडि देखिएका छन् । सुनकलाई प्रधानमन्त्री बनाउन उनको दलका १०१ सांसदले समर्थन जनाएका छन् ।
प्रधानमन्त्रीको दौडमा सुनकपछाडि पेनी मोरडुएंट छन् । दोस्रो चरणमा उनले सुनकभन्दा १८ कम सांसदको समर्थन पाएका छन् । त्यसैगरी, जिल ट्रासले ६४, केमी बाडेनोकले ४९ र टाँम टुगेनडैटले ३२ सांसदको समर्थन पाएका मत पाएका छन् ।
एटार्नी जनरल सुएला भने प्रधानमन्त्री छनोटको दोस्रो राउण्डबाट आउट भएकी छन् । उनले प्रतिस्पर्धीमध्ये सबैभन्दा कम मत २७ बटुलिन् । बेलायतमा दलभित्रबाट प्रधानमन्त्री हुन भएका आन्तरिक प्रतिस्पर्धामा कम्तीमा ३० सांसदको समर्थन प्राप्त गर्नुपर्ने हुनछ ।
दौडबाट बाहिरिएकी सुनकजस्तै सुएला पनि भारतीय मूलकी हुन् ।
अब सोमबार पुनः कन्जरभेटिभ पार्टीको संसदीय दलमा अर्को चरणको निर्वाचन हुनेछ । त्यसपघि प्रतिस्पर्धामा रहेका पाँच उम्मेदवारले च्यानल–४ मा बहस गर्नेछन् ।
यो प्रतिस्पर्धामा दुई जना बाँकी रहेपछि मात्रै दलले संसदमा आफ्नो प्रधानमन्त्रीको उम्मेदवार प्रस्तुत गर्नेछ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया