राजपाक्षेको राजीनामा स्वीकृत, जुलाई १६ मा राष्ट्रपति निर्वाचन
काठमाडौं । श्रीलंकाको संसदका सभामुखले आफूले गोटाबाया राजपाक्षेको राजीनामा प्राप्त गरेको र राष्ट्रपतिले औपचारिक रूपमा राजीनामा दिएको बताएका छन् ।
सभामुख यापा अभयवर्धनले पनि प्रधानमन्त्री रनिल विक्रमासिङ्घे देशको अन्तरिम राष्ट्रपति हुने पुष्टि गरेका छन् । उनले आजै सपथ लिन सक्ने पनि बताइएको छ ।
सभामुखले नयाँ राष्ट्रपति चयनका लागि भोलि जुलाई १६ गते संसदको बैठक बोलाइएको जानकारी दिए । सभामुखले आन्दोलनकारीलाई शान्ति कायम गर्न अपिल गरेका छन् । यससँगै उनले संसदीय प्रक्रियामा सहभागी हुन सबै सांसदलाई आग्रह गरेका छन् ।
राजपाक्षे बिहीबार साँझ सिंगापुर पुगेका थिए । सिंगापुर पुगेको केही समयपछि उनले श्रीलंकाको संसदका सभामुखलाई इमेलमार्फत राजीनामा पठाएका थिए ।
श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षेले राजीनामा दिएको खबर आएपछि श्रीलंकामा प्रदर्शनकारीहरूले उत्सव मनाउन थालेका छन् ।
सामाजिक सञ्जालमा यस्ता धेरै भिडियो र तस्विरहरु भाइरल भइरहेका छन् जसमा आन्दोलनकारीहरु एकजुट भएर उत्सव मनाइरहेको देखिन्छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया