राजपाक्षेको राजीनामा स्वीकृत, जुलाई १६ मा राष्ट्रपति निर्वाचन

काठमाडौं । श्रीलंकाको संसदका सभामुखले आफूले गोटाबाया राजपाक्षेको राजीनामा प्राप्त गरेको र राष्ट्रपतिले औपचारिक रूपमा राजीनामा दिएको बताएका छन् ।
सभामुख यापा अभयवर्धनले पनि प्रधानमन्त्री रनिल विक्रमासिङ्घे देशको अन्तरिम राष्ट्रपति हुने पुष्टि गरेका छन् । उनले आजै सपथ लिन सक्ने पनि बताइएको छ ।
सभामुखले नयाँ राष्ट्रपति चयनका लागि भोलि जुलाई १६ गते संसदको बैठक बोलाइएको जानकारी दिए । सभामुखले आन्दोलनकारीलाई शान्ति कायम गर्न अपिल गरेका छन् । यससँगै उनले संसदीय प्रक्रियामा सहभागी हुन सबै सांसदलाई आग्रह गरेका छन् ।
राजपाक्षे बिहीबार साँझ सिंगापुर पुगेका थिए । सिंगापुर पुगेको केही समयपछि उनले श्रीलंकाको संसदका सभामुखलाई इमेलमार्फत राजीनामा पठाएका थिए ।
श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षेले राजीनामा दिएको खबर आएपछि श्रीलंकामा प्रदर्शनकारीहरूले उत्सव मनाउन थालेका छन् ।
सामाजिक सञ्जालमा यस्ता धेरै भिडियो र तस्विरहरु भाइरल भइरहेका छन् जसमा आन्दोलनकारीहरु एकजुट भएर उत्सव मनाइरहेको देखिन्छ ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री डा राणा र जापानी विदेशमन्त्रीबीच भेट
-
नक्कली प्रमाणपत्र पेस गरेर जागिर खाएको आरोपमा मुद्दा
-
युनाइटेड सिमेन्ट्सकाे नि:शुल्क सिलाई-कटाई प्रशिक्षण कार्यक्रम सम्पन्न
-
‘बजेटमा साधारण खर्च घटाइ विकास खर्च बढाउनुपर्छ’
-
पतञ्जली जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन अख्तियार पठाइने
प्रतिक्रिया