सिंहदरबारमा साउनभित्रै ग्यास सिलिण्डर हटेर विद्युतीय चुलो बल्ने
काठमाडौं । सरकारले आगामी साउन महिनाभित्र सिंहदरबारमा ग्यास सिलिण्डर हटाउन सबै मन्त्रालयलाई पत्राचार गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिंहदरबारभित्रका सबै मन्त्रालय तथा निकायलाई यसको लागि पत्राचार गरेको हो ।
जसअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका सबै निकायमा यो निर्णय कार्यान्वयनका लागि निर्देशन दिएको प्रवक्ता टोकराज पाण्डेले बताए । ‘मन्त्रालयको पत्र पाएसँगै हामीले आफू मातहतका निकायलाई आदेश कार्यान्वयन गर्न भनिसकेका छौं,’ सहसचिव पाण्डेले नेपालवाचसँग भने ।
सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट भाषणमा सिंहदरबार परिसरमा आगामी साउन महिनाभित्र ग्यास सिलिण्डरको विस्थापन हुनुपर्ने र विद्युतीय चुलो प्रयोग गर्नुपर्ने भनिएको छ ।
बजेटको सोही व्यवस्था कार्यान्वयनका लागि सबै मन्त्रालय तथा निकायलाई पत्राचार गरिएको हो । सिंहदरबारमात्रै नभएर सरकारले आगामी तीन महिनाभित्र देशभरका सबै महानगर र उपमहानगरपालिका भित्रको सबैै सार्वजनिक कार्यालय र निवासलाई ग्यास सिलिण्डर मुक्त गराई विद्युतीय चुलो प्रयोगलाई देशव्यापी बनाउने नीति लिएको छ ।
सरकारको यो नीतिले सरकारी कार्यालयमा ग्यासको खपत घटाउँदै लाने सकारात्मक वातावरण बनाएको छ । अहिले घोषणा गरिएका स्थानमा सिलिण्डर विस्थापितको प्रयास सफल भए देशका अन्य कार्यालयमा प्राथमिकतासाथ यो कार्यक्रम अगाडि बढाउने तयारी सरकारको छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया