दक्षिण कोरियामा लगातार मूल्य वृद्धि
सियोल । ऊर्जाको उच्च मूल्यका कारण दक्षिण कोरियामा आयातित सामानको मूल्यमा लगातार दोस्रो महिना पनि वृद्धि भएको यहाँको केन्द्रीय बैंकले शुक्रबार सार्वजनिक तथ्याङ्कमा उल्लेख छ ।
बैंक अफ कोरिया (बिओके) का अनुसार जून महिनामा आयात मूल्य सूची १५४.८४ रहेकोमा यो एक महिना पहिलेको भन्दा ०.५ प्रतिशतको वृद्धि भएको छ ।
अघिल्लो वर्षको उक्त अवधिमा भन्दा यो सूचकाङ्क ३३.६ प्रतिशतले वृद्धि भएको छ । युरोपमा भौगोलिक जोखिमको कारण वस्तुको भाउ बढेकोले मे महिनामा ३.८ प्रतिशत बढेको र यसले दोस्रो महिना पनि निरन्तरता पाएको हो ।
दक्षिण कोरियाको बेन्चमार्क मानिने दुबईमा कच्चा पदार्थ जून महिनामा औसत ११३.२७ अमेरिकी डलर पुगेको छ जुन एक महिना पहिलेको भन्दा ४.७ प्रतिशतको वृद्धि हो ।
आयात गरिएका खानी उत्पादनको मूल्य मासिक आधारमा जून महिनामा ३.८ प्रतिशतले वृद्धि भएको तर औसत वस्तुको मूल्य १.५ प्रतिशतले घटेको देखिएको छ ।
आयातित पूँजीगत वस्तुको मूल्य गत महिना ०.१ प्रतिशत थपिए पनि उपभोक्ता मूल्य भने अपरिवर्तित रहेको तथ्याङ्कले देखाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया