NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

उपसभामुखमा जितेपछि के भनिन् भुसालले ?

काठमाडौं । संसदको कार्यकाल सकिन चार महिना आसपास मात्रै बाँकी हुँदा प्रतिनिधिसभाले उपसभामुख पाएको छ । यो पद रिक्त भएको २९ महिनापछि चार महिने कार्यकालको लागि उपसभामुख चयन गरिएको हो ।

शुक्रबार प्रतिनिधिसभामा भएको निर्वाचनबाट उपसभामुखमा सत्ता गठबन्धनतर्फबाट कांग्रेसकी उम्मेदवार पुष्पा भुसाल विजयी भएकी हुन् । उनले एमाले उम्मेदवार विद्या भट्टराईलाई पराजित गरिन् ।

निर्वाचित भएपछि संचारमाध्यमलाई प्रतिक्रिया दिने क्रममा उनले ढिलो गरी उपसभामुख चयन भए पनि यो संविधान कार्यान्वयनको क्रम भएको बताइन् । आफू पार्टीबाट निर्वाचित भए पनि भूमिकाले दिएको तटस्थताको जिम्मेवारी निर्वाह गर्ने प्रतिक्रिया उनको छ ।

‘सबैलाई बधाई छ । लामो समयदेखि यो पद खाली थियो । संविधान पक्षरधर सबैको लागि खुशीको दिन हो । संविधान कार्यान्वयन भएको छ । सबै पदले पूर्णता पाएको छ । निर्वाचन गराएकोमा आभार व्यक्त गर्दुछु’ उनले भनिन्, ‘संविधान कार्यान्वयन, समावेशी लोकतन्त्र कार्यान्वयनको लागि धेरै काम गर्नुपर्नेछ । सदनमा तटस्थताको भूमिका निर्वाह गर्न जिम्मेवारी थपिएको छ । जिम्मेवारीपूर्वक यो भूमिका निर्वाह गर्छु ।’

संवैधानिक परिषद्को बैठकलाई सत्ता गठबन्धनबाट प्रभाव पार्न ढिलो गरी यो पदको निर्वाचन गरिएको हो भन्ने प्रश्नमा उनले भनेकी छिन्–संवैधानिक परिषद्लाई संविधानले व्याख्या गरेको छ । यसमा सबैको उपस्थिति छ । प्रभावकारी ढंगले आफ्नो भूमिका निर्वाह गर्छु । उपसभामुख रहेसम्म पार्टीमा उपस्थितिलाई मेरो पदले मान्यता दिंदैन ।’

एमालेसँग पराजित भइ एमालेलाई नै हराएर उपसभामुख जित्ने को हुन् पुष्पा भुसाल ?

उपसभामुखमा कांग्रेसकी पुष्पा भुसाल विजयी