साउदी अरबका नेतासँग वाइडेनको भेटवार्ता
रियाद । अमेरिकी राष्ट्रपति जो वाइडेनले शुक्रबार साउदी अरबका नेताहरूसँग भेटवार्ता गरेका छन् । साउदी अरबको जेद्दा सहरमा उनीहरूका बीचमा दुई पक्षीय हितका बारेमा कुराकानी भएको साउदी प्रेस एजेन्सीले जनाएको छ ।
दुई दिने राजकीय भ्रमणका लागि साउदी अरब आएका अमेरिकी राष्ट्रपति वाइडेनलाई राजा सलमान बिन अब्दुलाजिज अल साउदले जेद्दा स्थित अल सलाम दरबारमा स्वागत गरेका थिए ।
उनीहरूसँगको भेटवार्तामा साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान अल साउद पनि सहभागी भएका थिए ।
बैठकका क्रममा राजा सलमान र राष्ट्रपति वाइडेनले दुई देशको सम्बन्धको समीक्षा गर्दै यसलाई थप बलियो, फराकिलो र राम्रो बनाउने बारेमा छलफल गरेका थिए । रियाद र वासिङ्टनको सहकार्य र सम्बन्धलाई बलियो बनाउने उपाय र आधारका बारेमा उनीहरूले विचार विमर्श गरेको जनाइएको छ ।
मध्य पूर्वको आफ्नो पहिलो भ्रमण उनले साउदी अरबबाट अन्त्य गर्न लागेका छन् । बुधबार सुरु भएको उनको भ्रमण शनिबार सकिने बताइएको छ । उनी यस अघि इजरायल र वेस्ट व्यङ्क गएका थिए । उनले साउदी अरबको भ्रमण अन्त्य गर्नु पूर्व गल्फ कर्पोरेसन काउन्सिलका सदस्य नेताहरूसँग सामूहिक छलफल गर्नेछन् । छलफलमा साउदी अरबसँगै इजिप्ट र इजरायलका नेता पनि सहभागी हुने जनाइएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया