कर्णालीमा बृहत् वृक्षरोपण उत्सव
वीरेन्द्रनगर । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले ‘कर्णाली बृहत् वृक्षरोपण उत्सव’को उद्घाटन गरेका छन् । मुख्यमन्त्री शाहीले सुर्खेतको सांस्कृतिक तथा धार्मिक पर्यटकीयस्थल काँक्रेविहारमा आज वृक्षरोपण गरी उत्सव उद्घाटन गरेका हुन् ।
क्लिन एन्ड ग्रिन मुभमेन्ट, उद्योग वाणिज्य सङ्घ सुर्खेत, लायन्स क्लब र नेपाल चिकित्सक सङ्घ कर्णाली प्रदेशद्वारा वीरेन्द्रनगर नगरपालिका–९ सुर्खेतमा आयोजित उत्सवका क्रममा उनले काँक्रेविहारको दक्षिणपट्टिको जङ्गलमा वृक्षरोपण गरे ।
मुख्यमन्त्री शाहीले भने, कर्णाली प्रदेश सरकारले आगामी आव २०७९/८० लाई ‘वृक्षरोपण वर्ष’का रुपमा मनाउने नीति तथा कार्यक्रम बनाएको छ । त्यसका लागि वृक्षरोपण कार्यलाई अभियानका रुपमा सञ्चालन गरिने छ ।
प्रदेश सरकारले हरित अर्थतन्त्रमा विशेष जोड दिएको छ । आगामी आव २०७९/८० को पूर्वसन्ध्यामा आयोजित उत्सवअन्तर्गत एक हजार वृक्षरोपण गरिएको डिभिजन वन कार्यालय सुर्खेतका सूचना अधिकारी (वन अधिृकत) सूर्य शर्माले जानकारी दिए । उनका अनुसार आज बेल, तिजु, रिट्ठा र इपिलका बिरुवाहरु लगाईएको छ ।
उत्सवमा डिभिजन वन कार्यालयका प्रमुख मुनबहादुर रावत, चिकित्सक सङ्घ कर्णाली प्रदेशका अध्यक्ष डा नवराज केसी, उद्योग वाणिज्य सङ्घ सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेल, लायन्स क्लब तथा क्लिन सुर्खेत, ग्रिन सुर्खेतका प्रतिनिधि सहभागी थिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया