NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

राप्ती हाइड्रोकाे आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडककाे सर्वसाधारणका लागि खुलाएकाे प्राथमिक सार्वजनिक निष्कासन  (आइपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेकाे छ ।

आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले असार २९ गतेबाट २३ करोड ६६ लाख २४ हजार रुपैयाँ बराबरको २३ लाख ६६ हजार २४० कित्ता साधारण सेयर निष्कासन -आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले यसअघि स्थानीय बासिन्दालाई जारी गर्दा बिक्री नभएको ३७ हजार ६३२ कित्ता सेयर पनि थप गरेर आइपीओ बिक्रीमा ल्याएको हो ।

कम्पनीले जारी गरेको आह्वानपत्रानुसार कूल निष्कासित शेयरमध्ये तीन प्रतिशत अर्थात ७० हजार ९८८ कित्ता कर्मचारीका लागि र पाँच प्रतिशत अर्थात एक लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । यसमा बाँकी रहेका २१ लाख ७६ हजार ९४० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सकिने छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका सार्थै मेरो शेयर’को वेभसाइट तथा एपमार्फत पनि आवेदन दिन सकिने छ ।

कम्पनीलाई इक्रा नेपालले ‘इक्राएनपी आईआर बी’ रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड र सह निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेका छन् ।