एमसिसीबारे अमेरिका र चीनको वाकयुद्ध जारी, बेइजिङले भन्यो ‘विकृत सूचना अभियान’ निराधार
बेइजिङ । नेपालका लागि मनोनित अमेरिकी राजदूत डिन आर थम्पसनले गरेको टिप्पणीको बेइजिङले खण्डन गर्दै त्यसलाई निराधार भनेको छ ।
गत बुधबार सिनेटको विदेश सम्बन्ध समितिसमक्ष मनोनित राजदूत थम्पसनले चीनको विकृत सूचना अभियानको सामना गर्दै गत फेब्रुवरीमा नेपालको संसद्ले ५० करोड अमेरिकी डलरको अनुदान परियोजना पारित गरेको बताएका थिए । थम्पसन टिप्पणीप्रति आपत्ति जनाउँदै चीनले त्यसलाई निराधार भनेको हो ।
मिलेनियम च्यालेन्ज कर्पोरेशन कम्प्याक्ट (एमसिसी)लाई लिएर भएको उक्त टिप्पणीको प्रतिवाद गर्दै काठमाडौंस्थित चिनियाँ दूतावासले शुक्रबार थम्पसनको भनाइले चीनको निन्दा मात्र नभइ नेपाल र नेपालीलाई अपमानित गरेको बताएको थियो ।
“यो नेपाल सरकार र जनताले आफ्नो सार्वभौमसत्ता र स्वतन्त्रताको रक्षा गर्न तथा राष्ट्रिय हितको रक्षाका निम्ति गरेको काम हो । अन्तर्राष्ट्रिय विकास सहयोग लिँदा पारस्परिक सम्मान र समानताको सिद्धान्तलाई कायम राख्नुपर्छ, सम्बन्धित देशको सार्वभौमसत्ता र जनताको इच्छाको पूर्ण सम्मान गर्नुपर्छ भन्ने चीनको दृढ विश्वास रहेको छ,” दूतावासले जारी गरेको वक्तव्यमा भनिएको छ ।
सत्तारुढ गठबन्धन भित्रको असमझदारीपछि व्याख्यात्मक घोषणासहित प्रतिनिधिसभाबाट एमसिसी अनुमोदन भएको थियो । एमसिसी सैन्य सम्झौता भएको अफवाहले लामो समयसम्म यो विकास सहायता विवादको विषय बनेको थियो । ऊर्जा र सडक पूर्वाधार निर्माण गर्न अमेरिकाबाट अनुदानस्वरुप उक्त सहायता प्राप्त भएको हो ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया