नेपालले गुमायो पाँचौ विकेट, आरिफ शून्यमा आउट

काठमाडौं । घरेलु टोली स्कटल्याण्डविरुद्ध एकदिवसीय खेल खेलिरहेको नेपालले पाँचौ विकेट गुमाएको छ ।
आरिफ शेख शून्य रनमै आउट भएका हुन् ।
नेपालले २०.२ ओभरमा ७२ रन बनाएको अवस्थामा आरिफ आउट भएका हुन् ।
यसअघि रोहित पौडेल १० रन बनाएर आउट भएसँगै नेपालले चौथो विकेट गुमाएको थियो ।
यस्तै नेपालले कुशल भुर्तेल, देव खनाल र आसिफ शेखको विकेट गुमाइसकेको छ ।
प्रतिक्रिया