नेपालले दियो स्कटल्याण्डलाई १२९ रनको झिनो लक्ष्य
काठमाडौं । घरेलु टोली स्कटल्याण्डविरुद्ध एकदिवसीय खेल खेलिरहेको नेपालले खराब ब्याटिङलाई निरन्तरता दिएको छ । नेपालले ३५.५ ओभरमा सबै विकेट गुमाएर १२८ रनमात्र बनाउन सकेको छ ।
यससँगै नेपालले स्कटल्याण्डलाई १२९ रनको झिनो लक्ष्य दिएको छ ।
छैटौं ओभरमा सुरुवाती झड्का ब्यहोरेको नेपालले सम्हालिएको ब्याटिङ गर्दै सकेन । यद्यपि, नवौं नम्बरमा आएका कप्तान सन्दीप लामिछानेले इनिङ्स उकास्ने प्रयास गरेका थिए । तर, सफल हुन सकेनन् ।
ओपनर आसिफ शेखले सर्वाधिक ४०, सन्दीपले २२, विनोद भण्डारीले १३ र देव खनालले १० रन बनाए ।
अन्य ब्याटरले दाहोरो अंकको रनसमेत बनाउन सकेनन् ।
जसमा सोमपाल कामी, करण केसी र दीपेन्द्रसिंह ऐरीले समान ७ बनाउँदा ओपनर कुशल भुर्तेल ३ रनमा आउट भएका थिए ।
आरिफ शेख भने शून्यमा आउट भए ।
डेब्यू गरेका किशोर महतो ९ बल खेलेर पनि रनविहीन रहे । यद्यपि, उनी अविजित रहे ।
केहीबेरपछि स्कटल्याण्डले ब्याटिङ गर्नेछ ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया