नेपालले दियो स्कटल्याण्डलाई १२९ रनको झिनो लक्ष्य
काठमाडौं । घरेलु टोली स्कटल्याण्डविरुद्ध एकदिवसीय खेल खेलिरहेको नेपालले खराब ब्याटिङलाई निरन्तरता दिएको छ । नेपालले ३५.५ ओभरमा सबै विकेट गुमाएर १२८ रनमात्र बनाउन सकेको छ ।
यससँगै नेपालले स्कटल्याण्डलाई १२९ रनको झिनो लक्ष्य दिएको छ ।
छैटौं ओभरमा सुरुवाती झड्का ब्यहोरेको नेपालले सम्हालिएको ब्याटिङ गर्दै सकेन । यद्यपि, नवौं नम्बरमा आएका कप्तान सन्दीप लामिछानेले इनिङ्स उकास्ने प्रयास गरेका थिए । तर, सफल हुन सकेनन् ।
ओपनर आसिफ शेखले सर्वाधिक ४०, सन्दीपले २२, विनोद भण्डारीले १३ र देव खनालले १० रन बनाए ।
अन्य ब्याटरले दाहोरो अंकको रनसमेत बनाउन सकेनन् ।
जसमा सोमपाल कामी, करण केसी र दीपेन्द्रसिंह ऐरीले समान ७ बनाउँदा ओपनर कुशल भुर्तेल ३ रनमा आउट भएका थिए ।
आरिफ शेख भने शून्यमा आउट भए ।
डेब्यू गरेका किशोर महतो ९ बल खेलेर पनि रनविहीन रहे । यद्यपि, उनी अविजित रहे ।
केहीबेरपछि स्कटल्याण्डले ब्याटिङ गर्नेछ ।

ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया