सन्दीपले दिलाए नेपाललाई पहिलो सफलता

काठमाडौं । घरेलु टोली स्कटल्याण्डविरुद्ध एकदिवसीय खेल खेलिरहेको नेपालले पहिलो सफलता हासिल गरेको छ ।
कप्तान सन्दीप लामिछानेले विकेटको खाता खोलेका हुन् ।
उनले ७.४ ओभरमा विकेट लिएका हुन् । त्यो बेला स्कटल्याण्डले ४२ रन बनाएको थियो ।
नेपालले दिएको १२९ रनको झिनो लक्ष्य स्कटल्याण्डले पछ्याइरहेको छ ।
प्रतिक्रिया