चन्द्रमा र मंगल ग्रह जाने रेल बनाउँदै जापान
काठमाडौं । जापानले चन्द्रमा र मंगल ग्रहमा पृथ्वीजस्तै बस्न मिल्ने वातावरण बनाउने भएको छ । यससँगै पृथ्वी, चन्द्रमा र मंगल ग्रहलाई जोड्न अन्तर-ग्रहीय रेलहरू पनि चल्ने छन् । सुन्दा अनौठो लाग्छ तर यो सत्य हो ।
यस परियोजनाका लागि जापानको क्योटो विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले काजिमा कन्स्ट्रक्सन कम्पनीसँग सहकार्य गरेका छन् ।
टिमले जिरो र कम गुरुवात्कर्ष वातावरणमा मानव मस्कुलोस्केलेटल प्रणालीलाई कमजोर हुनबाट रोक्नका लागि पृथ्वीमा जस्तै सुविधा हुने ग्लास आवास संरचना विकसित गर्ने योजना घोषणा गरेको हो । ग्लासमा पृथ्वीको जस्तो पर्यावरण र गुरुत्वाकर्षण बल हुनेछ ।
यसले अन्तरिक्षमा बस्न सजिलो बनाउँछ । यसयोजना अन्तर्गत, प्रोटोटाइप गिलास र अन्तर–ग्रह ट्रेनहरू बनाउन लगभग ३० वर्ष लाग्नेछ ।
गिलास भित्र कृत्रिम गुरुत्वाकर्षण, यातायात प्रणाली, बिरुवा र पानी पनि उपलब्ध हुनेछ । पृथ्वीका सबै सुविधाहरू अन्तरिक्षमा बनाउने लक्ष्य राखिएको छ । यो संरचनालाई चन्द्रमामा ‘लुनाग्लास’ र मंगलमा ‘मार्सग्लास’ भनिनेछ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया