NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

किराँत एकेडेमी पुरस्कार घोषणा

काठमाडौं । किराँत एकेडेमीद्वारा प्रदान गरिने किराँत एकेडेमी पुरस्कारका लागि गठित एकेडेमीको छनोट समितिद्वारा तेस्रो पुरस्कार घोषणा गरिएको छ ।

पुरस्कार प्रयोजनका लागि प्राप्त कृतिहरूमध्येबाट सात वटा कृति सूचीकृत गरिएकामा ती कृतिमध्ये यसपटक विप्लव ढकालद्वारा लिखित भोजपुरको वाङ्मय (वाङ्मयिक अनुसन्धान) र राजकुमार दिक्पालद्वारा लिखित आदिवासी विद्रोहको इतिहास (इतिहास)लाई संयुक्तरूपमा पुरस्कृत गरिने निर्णय गरिएको छ ।

यसअघि यो पुरस्कार प्रथम पटक युग पाठकको उर्गेनको घोडा (उपन्यास) र दोस्रो पटक झलक सुवेदीको ब्रिटिस साम्राज्यको नेपाली मोहोरा (इतिहास अनुसन्धान)ले प्राप्त गरेका थिए । पुरस्कारको राशि रु ५० हजार रहेको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष