मेयर साम्पाङको माग : लोकसेवाको परीक्षा लाइभ हुनुपर्छ
काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले लोकसेवा आयोगले लिने परीक्षा र अन्तर्वार्ता प्रत्यक्ष प्रशारण हुनुपर्ने माग गरेका छन् ।
लोकसेवाको परीक्षा विश्वासिलो नलागेको बताउँदै उनले आज सामाजिक सञ्जालमार्फत यस्तो माग गरेका हुन् ।
‘लोकसेवा आयोगको परीक्षा र अन्तर्वार्ता पनि लाइभ हुनु पर्छ ! नत्र विश्वास नहुने देखिन्छ !’, उनले फेसबुकमा लेखेका छन् ।
मेयर साम्पाङ प्रायः हरेक विषयमा सामाजिक सञ्जालमा टिप्पणी गर्ने गर्छन् । यस्ता टिप्पणीको अधिकांश जनताले समर्थन नै गरिरहेको पाइन्छ । यद्यपि, कतिपयले भने यसले उनलाई हलुका बनाएको बताउने गरेका छन् ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया