NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

तीन वर्षपछि स्पेनमा फेरि भयाे साँढे दौड

काठमाडौं । सन् २०१९ पछि पहिलोपटक स्पेनमा साँढे दौडको आयोजना गरिएको छ । कोरोना महामारीका कारण तीन वर्षसम्म बन्द भएको दौडमा सहभागी हुन विदेशबाट पनि ठूलो संख्यामा पर्यटक पुगेका थिए । यो शताब्दीयौंदेखि स्पेनी शहरमा आयोजना हुँदै आएको छ ।

सान फर्मिन उत्सव सेन्ट फर्मिन, पाम्प्लोनाको पहिलो विशपको सम्मानमा वार्षिक रूपमा यो कार्यक्रम गरिन्छ। नौ दिनसम्म चल्ने यो महोत्सवमा विश्वभरबाट लाखौं पर्यटक पुग्ने गर्दछन् । यो पर्वमा मानिसहरु गोरुको अगाडि दौडिन्छन् र वरपरका मानिसहरुले उनीहरुलाई हौसला दिने गर्छन् ।

यस पर्वमा मानिसहरु हरेक बिहान ८ बजे गोरुसँग दौडिन्छन् । गोरुलाई सहरको सडकमा खुल्ला छाडिन्छ र त्यसपछि सहरका सडकमा दौड्दै गोरुको घेरामा पुग्छ । बाटोमा मानिसहरू साँढेको अगाडि दौडेर ओभरटेक गर्न खोज्छन् ।

पाम्प्लोना सिटी हलका अनुसार, सबै धावकहरूको लगभग ४० प्रतिशत विदेशबाट पुग्छन्, जसमा सबैभन्दा धेरै विदेशीहरू अष्ट्रेलिया, अमेरिका र बेलायतबाट त्यहाँ पुग्छन् । साढेको अगाडि दौडने बाटोको दुरी जम्मा ८५० मिटरमात्रै हुन्छ । तर सहरका सडक साँघुरो भएकाले यो छोटो दौडको एक भाग पनि जोखिमपूर्ण छ ।

हरेक वर्ष यो पर्वमा केही व्यक्ति घाइते हुन्छन् । अहिले पनि ६ जना घाइते भएका छन् ।

पछिल्लोपटक २०१९ मा महोत्सवमा ३९ जना घाइते भएका थिए, जसमध्ये तीन जना गोरुको खुट्टामुनि परेका थिए । दौडमा सहभागी गराइने साढेहरूलाई वर्षभरि विशेष खाना दिइन्छ र उनीहरूको विशेष हेरचाह पनि गरिन्छ ।

यस उत्सवलाई पशु अधिकारकर्मीहरुले आलोचना गर्दै आएका छन् । यसपटक पनि दर्जनौंले पाम्प्लोनामा डायनासोरको पोशाक लगाएर विरोध गरेका थिए ।