सुनको मुल्य २०० रुपैयाँले उकालो
काठमाडौं । बुधबार सुनको मुल्य तोलामा २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले बढेर ९४ हजार रुपैयाँ कायम भएको छ ।
मंगलबार सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
मंगलबार चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया