सुनको मुल्य २०० रुपैयाँले उकालो

काठमाडौं । बुधबार सुनको मुल्य तोलामा २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले बढेर ९४ हजार रुपैयाँ कायम भएको छ ।
मंगलबार सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
मंगलबार चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया