NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

गर्भवती भएको हल्लाबारे करिनाको जवाफ : ‘सैफले देशको जनसंख्यामा पुग्दो योगदान दिइसके’

एजेन्सी । बलिउड अभिनेत्री करिना कपूर खान तेस्रो पटक गर्भवती भएको हल्लाबारे उनले हालै जबरजस्त प्रतिक्रिया दिएकी छिन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा उनले आफू गर्भवती भएको समाचार गलत भएको स्पष्टोक्ति दिएकी हुन् ।

आफ्नो इन्स्टाग्राम स्टोरीमा करिनाले लेखेकी छन्, ‘साथीहरू, यो सबै पास्ता र वाइनको कमाल हो । शान्त हुनुस्,  म गर्भवती छैन । सैफले भनिसकेका छन् कि उनले हाम्रो देशको जनसंख्याका लागि निकै योगदान दिइसके ।’ सैफ चार सन्तानका बाबु हुन् ।

यतिबेला करिना आफ्ना श्रीमान सैफ अलि खान र छोराहरू ताइमुर र जेहसँग यूरोप भ्रमणमा छिन् । उनले सामाजिक सञ्जालमा पोष्ट गरेका तस्विरलाई उनी गर्भवती भएको भन्दै भाइरल गराइएको छ ।

करिना र सैफले सन् २०१२ अक्टोबर १६ मा सामान्य रूपमा ‘कोर्ट मेरिज’ गरेका थिए । सैफको पहिलो विवाह अभिनेत्री अमृता सिंहसँग भएको थियो । विवाहको १३ वर्षपछि उनीहरू एकअर्काबाट अलग्गिए । सैफ र अमृताका दुई छोराछोरी छन् – सारा अलि खान र इब्राहिम अलि खान ।

करिना अभिनित फिल्म ‘लाल सिंह चड्ढा’ यही अगस्ट ११ मा प्रदर्शनमा आउँदै छ । उक्त फिल्म हलिउड फिल्म ‘फरेस्ट गम्प’ को हिन्दी रिमेक हो । फिल्ममा करिना र आमिर खान मुख्य भूमिकामा छन् ।

ताजा अपडेट

नेपालवाच विशेष