भारतले पहिलो आदिवासी राष्ट्रपति पाउने निश्चित
काठमाडौं । छिमेकी मुलुक भारतले पहिलोपटक आदिवासी राष्ट्रपति पाउने निश्चित भएको छ ।
भारतको १५ औं राष्ट्रपति चयनका लागि सोमबार भएको निर्वाचनमा झारखण्ड राज्यकाे ओडिसाकी ६४ वर्षीया द्रौपदि मुर्मू निर्वाचित हुने पक्का भएसँगै भारतीय इतिहासमै पहिलोपटक आदिवासी राष्ट्रपति हुने निश्चित भएको हो ।
यद्यपि, चुनावी परिणाम भने मंगलबारमात्र सार्वजनिक हुने भएको छ ।
सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धनले मुर्मूलाई उम्मेदवार बनाएको हो । मुर्मू झारखण्ड प्रदेशकी पूर्वराज्यपाल हुन् ।
कंग्रेससहितको विपक्षी गठबन्धनले तृणमुल कंग्रेसका नेता यशवन्त सिन्हालाई प्रतिस्पर्धामा उतारे पनि उनको पक्षमा विपक्षी सबै दलहरू एकजुट छैनन् ।
यसर्थ, सत्तारूढ दलसँग भोट संख्या बढी रहेकाले मुर्मूको जित सुनिश्चित बनेको हो ।
भारतमा सवारी जाँचमा खटिएका दुई प्रहरी अधिकारीको गाडीले किचेर हत्या
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया