रुसको चेतावनी– अब पूर्वी क्षेत्रमा मात्र सीमित रहन्नौं
काठमाडौं । रुसले अब युक्रेनको पूर्वी क्षेत्रमा मात्र सीमित नहुने स्पष्ट पारेको छ । रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभले सरकारी सञ्चारमाध्यमसँग कुरा गर्दै रुसको सैन्य चासो अब विस्तारित हुने चेतावनी दिएका हुन् ।
पश्चिमले युक्रेनलाई लामो दूरीमा प्रहार गर्न सक्ने अस्त्र उपलब्ध गराएकाले आफ्नो देशको रणनीति परिवर्तन भएको उनको भनाइ छ ।
‘अब रुसले आफ्नो सुरक्षा सुनिश्चित गर्न युक्रेनी सेनालाई युद्ध मोर्चाबाट टाढा पुर्याउनुपर्छ,’ उनले भनेका छन् ।
युक्रेनी भूभाग कब्जा गर्ने रणनीति बनाएको अमेरिकाको आरोपबीच रुसले नयाँ रणनीति सार्वजनिक गरेको हो ।
यसैबीच, रुसी विदेशमन्त्रीले युक्रेनलाई हतियार उपलब्ध गराउने पश्चिमा देशको कदमलाई शक्तिहीन क्रोध बनेका छन् । यस्तो रवैयाले परिस्थिति थप बिग्रने उनको भनाइ छ ।
रुसले पाँच महिनाअघि युक्रेनमाथि आक्रमण थालेको थियो । यो अवधिमा उसले युक्रेनको पूर्वी र दक्षिणका केही भागहरू कब्जा गरिसकेको छ। तथापि, किएभ नियन्त्रणमा लिने उसको प्रयासले पनि आकार लिन सकेको छैन ।
प्राप्त पछिल्लो विवरणअनुसार युक्रेनले रुसी सेनाले कब्जा जमाएको खेरसनस्थित एउटा महत्त्वपूर्ण रणनीतिक पुलमा हमला गरिरहेको छ । दुई दिन भए पनि नियन्त्रणमा आउन भने नसकेको बिबिसीले जनाएको छ ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया