NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते

डोनाल्डकी प्रथम पत्नी इभानाको भावुक बिदाइ (तस्बिरसहित)

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पकी पूर्वपत्नी इभानाको अन्त्येष्टि गरिएको छ । न्युयोर्क सिटीमा दुर्लभ पारिवारिक जमघटबीच इभानाको अन्त्येष्टि गरिएको हो ।

अन्त्येष्टि समारोहमा इभानाका सन्तानसँगै डोनाल्ड र उनकी पत्नी मेलिना सहभागी थिए ।

तस्बिरमा डोनाल्ड भावुक देखिएका छन् ।

तीन सन्तानकी आमा ७३ वर्षीया इभानाको शुक्रबार निधन भएको थियो ।

इभाना आफ्नो न्युयोर्क सिटी नजिकैको घरको सिढीमा अचेत अवस्थामा फेला परेकी थिइन् । समाचार संस्था एपीका अनुसार, लडेर उनको मृत्यु भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

हालको चेक गणतन्त्रमा जन्मिएकी इभानाको सन् १९७७ मा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँग विवाह भएको थियो । तर उनीहरूको सम्बन्ध १५ वर्ष मात्र टिक्यो । सन् १९९२ मा दाम्पत्य जीवनबाट अलग उनीहरूका डोनाल्ड जुनियर, इभाना र इरिक गरी तीन सन्तान छन् ।