डोनाल्डकी प्रथम पत्नी इभानाको भावुक बिदाइ (तस्बिरसहित)
काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पकी पूर्वपत्नी इभानाको अन्त्येष्टि गरिएको छ । न्युयोर्क सिटीमा दुर्लभ पारिवारिक जमघटबीच इभानाको अन्त्येष्टि गरिएको हो ।
अन्त्येष्टि समारोहमा इभानाका सन्तानसँगै डोनाल्ड र उनकी पत्नी मेलिना सहभागी थिए ।
तस्बिरमा डोनाल्ड भावुक देखिएका छन् ।
तीन सन्तानकी आमा ७३ वर्षीया इभानाको शुक्रबार निधन भएको थियो ।

इभाना आफ्नो न्युयोर्क सिटी नजिकैको घरको सिढीमा अचेत अवस्थामा फेला परेकी थिइन् । समाचार संस्था एपीका अनुसार, लडेर उनको मृत्यु भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।
हालको चेक गणतन्त्रमा जन्मिएकी इभानाको सन् १९७७ मा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँग विवाह भएको थियो । तर उनीहरूको सम्बन्ध १५ वर्ष मात्र टिक्यो । सन् १९९२ मा दाम्पत्य जीवनबाट अलग उनीहरूका डोनाल्ड जुनियर, इभाना र इरिक गरी तीन सन्तान छन् ।



ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया