प्रचण्डकी नातिनी स्मिताले गरिन् लण्डनबाट डिस्टिङ्सनसहित स्नातकोत्तर उतीर्ण

काठमाडौं । गायन क्षेत्रमा लागेकी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मिता दाहालले स्नातकोत्तर अध्ययन पूरा गरेकी छन् ।
उनले बेलायतको लण्डनको विश्वविद्यालयबाट इन्टरनेसनल मार्केटिङ म्यानेजमेन्टमा उच्च अंकका साथ स्नातकोत्तर गरेकी हुन् ।
प्रचण्डकी कान्छी छोरी गंगा दाहालकी कान्छी छोरी रहेकी स्मिता पढाइका लागि दुई वर्षअघि लण्डन गएकी थिइन् । त्यसअघि उनले ग्वार्कोस्थित केएमसी कलेजबाट बिबिएको पढाइ सकेकी थिइन् ।
सोही बेला उनी गायनमा पनि जमेकी थिइन् ।
प्रतिक्रिया