अर्थमन्त्रीमाथि छानबिन गर्न थपियो ७ दिन

काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा संग्लग्न सिसिटिभी प्रकरणमाथि छानबिनका लागि गठन भएको संसदीय विशेष समितिको म्याद थप ७ दिन थपिएको छ ।
तोकिएको समयमा काम नसक्ने निश्चित भएपछि समय थपिएको हो ।
समितिको बुधबार बसेको बैठकले समय नपुगेको भन्दै ७ दिन म्याद थप गर्न सभामुख अग्निप्रसाद सापकोेटालाई आग्रह गर्ने निर्णय गरेको थियो ।
सभामुख सापकोटाले उक्त समितिको म्याद थप ७ दिन बढाउने प्रस्ताव आजको प्रतिनिधिसभा बैठकमा राखेका थिए । बैठकले अनुमोदन गरेपछि म्यान थप भएको हो ।
छानबिनका लागि १० दिनको समय दिएकोमा आज ९ दिन बितिसकेको छ । अब थप ८ दिन अनुसन्धान हुनेछ ।
अर्थमन्त्रीमाथि छानबिन गर्न १० दिनले पुगेन, थप ७ दिनको समय माग
समितिसमक्ष जनार्दनको बयान : अनधिकृत व्यक्तिलाई प्रवेश दिएको कुरा झुटो हो
ताजा अपडेट
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
प्रतिक्रिया