अर्थमन्त्रीमाथि छानबिन गर्न थपियो ७ दिन
काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा संग्लग्न सिसिटिभी प्रकरणमाथि छानबिनका लागि गठन भएको संसदीय विशेष समितिको म्याद थप ७ दिन थपिएको छ ।
तोकिएको समयमा काम नसक्ने निश्चित भएपछि समय थपिएको हो ।
समितिको बुधबार बसेको बैठकले समय नपुगेको भन्दै ७ दिन म्याद थप गर्न सभामुख अग्निप्रसाद सापकोेटालाई आग्रह गर्ने निर्णय गरेको थियो ।
सभामुख सापकोटाले उक्त समितिको म्याद थप ७ दिन बढाउने प्रस्ताव आजको प्रतिनिधिसभा बैठकमा राखेका थिए । बैठकले अनुमोदन गरेपछि म्यान थप भएको हो ।
छानबिनका लागि १० दिनको समय दिएकोमा आज ९ दिन बितिसकेको छ । अब थप ८ दिन अनुसन्धान हुनेछ ।
अर्थमन्त्रीमाथि छानबिन गर्न १० दिनले पुगेन, थप ७ दिनको समय माग
समितिसमक्ष जनार्दनको बयान : अनधिकृत व्यक्तिलाई प्रवेश दिएको कुरा झुटो हो
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया