NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

आज नयाँ मौद्रिक नीति आउँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दैछ । गभर्नर महाप्रसाद अधिकारीले राजनीतिक दबाब र विवादमाझ शुक्रबार मौद्रिक नीति ल्याउन लागेका हुन् ।

मौद्रिक नीति पारित गर्न राष्ट्र बैंकको सञ्चालक समिति बैठक अहिले बसिरहेको छ । व्यवस्थापन समितिले भने यसअघि नै आर्थिक वर्ष ०७९÷८० को मौद्रिक नीति पारित गरिसकेको छ ।

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले अपराह्न ४ बजे पत्रकार सम्मेलन गरेर मौद्रिक नीति सार्वजनिक गर्न लागेको जानकारी दिए ।

मौद्रिक नीतिबारे गभर्नर अधिकारीले बिहीबार अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई ब्रिफिङ गरेका छन् । अर्थ मन्त्रालयका सचिव, राष्ट्रिय योजना आयोगका उपाध्यक्षलगायतलाई पनि उनले नयाँ नीतिबारे जानकारी गराएका छन् ।

अधिकारीले गत असार मसान्तमै मौद्रिक नीति सार्वजनिक गर्न लागेका थिए । विविध कारण एक साता ढिलो गरी आज जारी हुन लागेको हो ।