आज नयाँ मौद्रिक नीति आउँदै
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दैछ । गभर्नर महाप्रसाद अधिकारीले राजनीतिक दबाब र विवादमाझ शुक्रबार मौद्रिक नीति ल्याउन लागेका हुन् ।
मौद्रिक नीति पारित गर्न राष्ट्र बैंकको सञ्चालक समिति बैठक अहिले बसिरहेको छ । व्यवस्थापन समितिले भने यसअघि नै आर्थिक वर्ष ०७९÷८० को मौद्रिक नीति पारित गरिसकेको छ ।
राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले अपराह्न ४ बजे पत्रकार सम्मेलन गरेर मौद्रिक नीति सार्वजनिक गर्न लागेको जानकारी दिए ।
मौद्रिक नीतिबारे गभर्नर अधिकारीले बिहीबार अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई ब्रिफिङ गरेका छन् । अर्थ मन्त्रालयका सचिव, राष्ट्रिय योजना आयोगका उपाध्यक्षलगायतलाई पनि उनले नयाँ नीतिबारे जानकारी गराएका छन् ।
अधिकारीले गत असार मसान्तमै मौद्रिक नीति सार्वजनिक गर्न लागेका थिए । विविध कारण एक साता ढिलो गरी आज जारी हुन लागेको हो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया