NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

सात महिनासम्मको माग धान्न विदेशी मुद्रा सञ्चिती गरिने

काठमाडौं । पुस महिनासम्म मर्जरमा गएका बैंकहरूले मात्रै मर्जर सुविधा पाउने भएका छन् । चालु आर्थिक वर्ष २०७९/८० मा राष्ट्र बैंकले ०७९ पुस मसान्तसम्म मर्जरमा गएका वा प्राप्ति गरेका वाणिज्य बैंक वा वित्तीय संस्थाहरूले मात्रै मर्जर सुविधा दिने भएकाे हाे । पुस मसान्तसम्म मर्जरमा गएका संस्थाहरूले एकीकृत कारोबार समेत हुनुपर्ने साथै आफ्नै वर्ग वा समूहसँग मिल्नु पर्नेछ ।

नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्षको मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले निजी क्षेत्रतर्फको कर्जा विस्तार १२.६ प्रतिशतमा सीमित गर्ने लक्ष्य लिएको बताएका छन् ।

पुनकर्जाको पुनरावलोकन गरिने, मुद्रास्फिति सात प्रतिशत कायम गरिने, सात महिना माग धान्ने विदेशी मुद्रा सञ्चिती गरिने, कारोबार कोष स्थापना गरिने, उत्पादनशिल क्षेत्रमा कर्जालाई प्राथमिकता, अन्तर बैंक ब्याजदरलाई निरन्तरता बताएका हुन् ।

यस्तै बाहृय क्षेत्रलाई सन्तुलन कायम राख्दै आर्थिक वर्ष २०७९/८० मा कम्तिमा महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त विदेशी विनिमय सञ्चिति कायम हुनेगरी मौद्रिक तथा वाहृय क्षेत्र व्यवस्थापन गर्ने राष्ट्र बैंकले जनाएको छ ।