सात महिनासम्मको माग धान्न विदेशी मुद्रा सञ्चिती गरिने
काठमाडौं । पुस महिनासम्म मर्जरमा गएका बैंकहरूले मात्रै मर्जर सुविधा पाउने भएका छन् । चालु आर्थिक वर्ष २०७९/८० मा राष्ट्र बैंकले ०७९ पुस मसान्तसम्म मर्जरमा गएका वा प्राप्ति गरेका वाणिज्य बैंक वा वित्तीय संस्थाहरूले मात्रै मर्जर सुविधा दिने भएकाे हाे । पुस मसान्तसम्म मर्जरमा गएका संस्थाहरूले एकीकृत कारोबार समेत हुनुपर्ने साथै आफ्नै वर्ग वा समूहसँग मिल्नु पर्नेछ ।
नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्षको मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले निजी क्षेत्रतर्फको कर्जा विस्तार १२.६ प्रतिशतमा सीमित गर्ने लक्ष्य लिएको बताएका छन् ।
पुनकर्जाको पुनरावलोकन गरिने, मुद्रास्फिति सात प्रतिशत कायम गरिने, सात महिना माग धान्ने विदेशी मुद्रा सञ्चिती गरिने, कारोबार कोष स्थापना गरिने, उत्पादनशिल क्षेत्रमा कर्जालाई प्राथमिकता, अन्तर बैंक ब्याजदरलाई निरन्तरता बताएका हुन् ।
यस्तै बाहृय क्षेत्रलाई सन्तुलन कायम राख्दै आर्थिक वर्ष २०७९/८० मा कम्तिमा महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त विदेशी विनिमय सञ्चिति कायम हुनेगरी मौद्रिक तथा वाहृय क्षेत्र व्यवस्थापन गर्ने राष्ट्र बैंकले जनाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया