दक्षिण कोरियामा पनि विदेशी मुद्रा सञ्चितिमा कमी
सियोल । आयातकर्ताहरूद्वारा ऊर्जामा उच्च लागतका बीच पनि गत महिना दक्षिण कोरियाको विदेशी मुद्रा सञ्चितिमा कमी आएको यहाँको केन्द्रीय बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्यांकमा देखिएको छ ।
बैंक अफ कोरियाका अनुसार जून महिनाको अन्तमा विदेशी मुद्राको सञ्चिति ८७.०६ अर्ब अमेरिकी डलर थियो । यो मे महिनाको तुलनामा २.११ अर्ब डलरले कमी हो ।
कम्पनीहरूको स्वामित्वमा रहेको विदेशी मुद्रा निक्षेप एक महिना पहिलेको तुलनामा १.३४ अर्ब डलरले घटेर ७२.५७ अर्ब डलर पुगेको छ ।
डलरमा आएको वृद्धिपछि कोरियालीहरूले अमेरिकी डलर कोषबाट ७७ करोड अमेरिकी डलर अफलोड गर्दा उक्त सञ्चिति घटेर १४.४९ अरब अमेरिकी डलर पुगेको छ ।
जूनमा प्रति डलर १२८० दशमलब ८० रहेको कोरियाली वोनमा भने अघिल्लो महिनाको तुलनामा १२.४ वनले वृद्धि भएको छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया