राजनीतिक दलले चुनावमा जस्तै विकासमा गठबन्धन गर्नुपर्छ – पूर्वसचिव त्रिताल

काठमाडौं । नेपाल सरकारका पूर्व सचिव शारदा प्रसाद त्रितालले राजनीतिक दलहरूले चुनावमा जस्तै विकासमा पनि गठबन्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
चुनावी माहोल नजिकिएसँगै राजनीतिक दलहरूबीच हुने एकताको अभ्यासले अब फरक रूप पाउनुपर्ने उनको धारणा छ । नेपालवाचले हरेक बुधबार प्रशारण गर्दै आएको पोलिसी डायलग २०२२ मा विकासका लागि राजनीतिक दलले चुनावमा जस्तै गठबन्धन गरिदिने हो भने धेरै समस्या सामाधान हुने उनले बताए ।
‘राजनीतिक दलहरू चुनावमा गठबन्धन गर्ने । विकासमा चाहीं गठबन्धन गरिदिए राम्रो हुन्छ,’ उनले भने, ‘यसरी एक भइदिने हो भने धेरै समस्याहरू सामाधान हुन्छ ।’ विकासका कुरा र भ्रष्टाचार नियन्त्रणका विषयमा पनि राजनीतिक दल एक हुन जरुरी भएको उनले बताए ।
मुलुकमा सुशासन कायम गर्न र विकास निर्माणका काम तीव्र गतिमा अघि बढ्नका लागि पनि यो प्रयास आवश्यक भएको उनको तर्क छ । दलहरूलाई चुनावसम्म राजनीति गर्न र चुनाव सकिएपछि भने विकासको राजनीति गर्न उनले सुझाव दिए ।
(पोलिसी डायलगको यो एपिसोड हेर्नका लागि तलको लिंक क्लिक गर्न सक्नुहुनेछ ।)
Policy Dialogue -पूँजीगत खर्च किन समयमा हुँदैन ? के के सुधार गर्नुपर्छ ?
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया