राजनीतिक दलले चुनावमा जस्तै विकासमा गठबन्धन गर्नुपर्छ – पूर्वसचिव त्रिताल
काठमाडौं । नेपाल सरकारका पूर्व सचिव शारदा प्रसाद त्रितालले राजनीतिक दलहरूले चुनावमा जस्तै विकासमा पनि गठबन्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
चुनावी माहोल नजिकिएसँगै राजनीतिक दलहरूबीच हुने एकताको अभ्यासले अब फरक रूप पाउनुपर्ने उनको धारणा छ । नेपालवाचले हरेक बुधबार प्रशारण गर्दै आएको पोलिसी डायलग २०२२ मा विकासका लागि राजनीतिक दलले चुनावमा जस्तै गठबन्धन गरिदिने हो भने धेरै समस्या सामाधान हुने उनले बताए ।
‘राजनीतिक दलहरू चुनावमा गठबन्धन गर्ने । विकासमा चाहीं गठबन्धन गरिदिए राम्रो हुन्छ,’ उनले भने, ‘यसरी एक भइदिने हो भने धेरै समस्याहरू सामाधान हुन्छ ।’ विकासका कुरा र भ्रष्टाचार नियन्त्रणका विषयमा पनि राजनीतिक दल एक हुन जरुरी भएको उनले बताए ।
मुलुकमा सुशासन कायम गर्न र विकास निर्माणका काम तीव्र गतिमा अघि बढ्नका लागि पनि यो प्रयास आवश्यक भएको उनको तर्क छ । दलहरूलाई चुनावसम्म राजनीति गर्न र चुनाव सकिएपछि भने विकासको राजनीति गर्न उनले सुझाव दिए ।
(पोलिसी डायलगको यो एपिसोड हेर्नका लागि तलको लिंक क्लिक गर्न सक्नुहुनेछ ।)
Policy Dialogue -पूँजीगत खर्च किन समयमा हुँदैन ? के के सुधार गर्नुपर्छ ?
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया