‘गाउँका महिलाको हातमा पैसा भएपनि त्यसको परिचालनबारे अन्यौल छ’ – उद्यमी श्रेष्ठ

काठमाडौं । युवा तथा महिला उद्यमी मौसमी श्रेष्ठले गाउँका महिलाहरूका हातमा पैसा र केही गर्ने हुटहुटी भएपनि उनीहरूपमा सीपको कमी भएको बताएकी छिन् । एग्री स्कुलमार्फत रेमिट्यान्सबाट आएका पैसालाई उद्यमशीलतामा कसरी परिचालन गर्ने भन्नेबारे प्रशिक्षण दिँदै आएकी श्रेष्ठले महिलालाई पैसाको उचित परिचालन गर्नेबारे सीप सिकाउने कोही नभएको बताइन् ।
‘गाउँ गाउँमा महिलाहरूलाई केही गर्न जाँगर भएको पाएकी छु । उनीहरूको हातमा पैसा छ । तर, त्यसलाई कसरी परिचालन गर्ने भन्नेबारे अन्यौल छ,’ उनले भनिन्, ‘कहिलेकाहीं यो पैसाले नकारात्मक बाटो पहिल्याउँछ कि भन्ने पनि डर छ । उनीहरूलाई त्यो पैसाको उचित प्रयोग कसरी गर्ने भन्नेबारे सिकाउने कोही देखिएका छैनन् ।’
नेपालवाचले हरेक बुधबार प्रशारण गर्दै आएको पोलिसी डायलग २०२२ मा बोल्दै श्रेष्ठले यस्तो बताएकी हुन् । उनको विचारमा महिलामा विकास उद्यमशीलताबाटै आउँछ । ‘जबसम्म उनीहरू आर्थिक रूपमा पूर्ण हुँदैनन् उनीहरूमा आत्मविश्वासको वृद्धि हुँदैन रहेछ । हामीले घर परिवार, काम सबैलाई सन्तुलन मिलाएर जाँदा त्यसमा सबैभन्दा बलियो पाटो अर्थ नै हो,’ उनले भनिन्, ‘जबसम्म हामीसँग पैसालाई चलाउने क्षमता र सीप हुँदैन तबसम्म पूर्ण रुपमा इक्विप्ड भइदैन । यसअर्थमा आर्थिक रुपमा बलियो भइयो भने आउने आँट नै फरक हुन्छ ।’
आर्थिक स्तर वृद्धिका लागि सबैभन्दा महत्वपूर्ण त शिक्षा नै हो । जसकारण शिक्षालाई हामीले मुख्य प्राथामिकता दिनैपर्ने उनको जोड छ । ‘त्यो शिक्षा सीप विकास र उद्यमशिलतामा केन्द्रीत हुनुपर्छ,’ उनले भनिन् ।
(पोलिसी डायलगको यो एपिसोड हेर्नका लागि तलको लिंक क्लिक गर्न सक्न्ह्नेछ ।)
भनेजति विदेशी लगानी किन आइरहेको छैन ? समुन्नतीका लागि के के सुधार जरुरी छ ? Policy Dialogue 2022
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया