मंकिपक्स फैलिएपछि संसारभर स्वास्थ्य आपतकाल घोषणा
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मंकिपक्स फैलिएपछि विश्वभर स्वास्थ्य संकटकाल घोषणा गरेको छ ।
डब्लुएचओको आपतकालीन कमिटीको शनिबार बसेको बैठकले स्वास्थ्य आपत्काल घोषणा गर्ने निर्णय गरेको हो ।
डब्लुएचओका महानिर्देशक टेड्रोस एडहानोम गेहब्रेयससले पत्रकार सम्मेलनमा मंकिपक्स फैलिएपछि आपतकाल घोषणा गरिएको बताए ।
यसबाट मंकिपक्सको संक्रमण फैलनबाट रोकिने उनको भनाइ छ ।
डब्लुएचओले विश्वभर स्वास्थ्य आपतकाल घोषणा गरेको यो तेस्रो घटना हो । यसअघि कोरोना भाइरस र पोलिओको महामारी फैलिँदा डब्लुएचओले यसरी स्वास्थ्य संकटकाल घोषणा गरेको थियो ।
मंकिपक्स सबैभन्दा पहिले सन् १९५० मा मध्य अफ्रिकामा देखिएको थियो । हालसम्म विश्वका ७५ देशमा यो रोग फैलिसकेको छ । जसबाट पाँच जनाको मृत्यु भएको छ भने १६ हजार मानिस संक्रमित छन् ।
ताजा अपडेट
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र


प्रतिक्रिया