मंकिपक्स फैलिएपछि संसारभर स्वास्थ्य आपतकाल घोषणा
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मंकिपक्स फैलिएपछि विश्वभर स्वास्थ्य संकटकाल घोषणा गरेको छ ।
डब्लुएचओको आपतकालीन कमिटीको शनिबार बसेको बैठकले स्वास्थ्य आपत्काल घोषणा गर्ने निर्णय गरेको हो ।
डब्लुएचओका महानिर्देशक टेड्रोस एडहानोम गेहब्रेयससले पत्रकार सम्मेलनमा मंकिपक्स फैलिएपछि आपतकाल घोषणा गरिएको बताए ।
यसबाट मंकिपक्सको संक्रमण फैलनबाट रोकिने उनको भनाइ छ ।
डब्लुएचओले विश्वभर स्वास्थ्य आपतकाल घोषणा गरेको यो तेस्रो घटना हो । यसअघि कोरोना भाइरस र पोलिओको महामारी फैलिँदा डब्लुएचओले यसरी स्वास्थ्य संकटकाल घोषणा गरेको थियो ।
मंकिपक्स सबैभन्दा पहिले सन् १९५० मा मध्य अफ्रिकामा देखिएको थियो । हालसम्म विश्वका ७५ देशमा यो रोग फैलिसकेको छ । जसबाट पाँच जनाको मृत्यु भएको छ भने १६ हजार मानिस संक्रमित छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया