तीन किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा मृत भेटिए

काठमाडौं । झापाको कचनकवल गाउँपालिकाको वडानम्बर ५ को पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानमा बयरको रुखमा झुन्डिएको अवस्थामा तीन जना किशोरीको शव फेला परेको छ ।
स्थानीय ती किशोरीले सामूहिक आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुई जना किशोरी एउटा हाँगामा र एक जना अर्को हाँगामा झुन्डिएको अवस्थामा भेटिएका हुन् ।
मृत फेला पर्नेहरुमा कचनकवल ५ की १६ वर्षीया करिना, १७ वर्षीया अञ्जली र १६ वर्षीया कल्पना रहेका छन् ।
चिया बगानमा काम गर्दै आएका ती किशोरीहरु शनिबार दिउँसोदेखि सम्पर्कविहिन थिए ।
उनीहरू आइतबार बिहान साढे ७ बजे सामूहिक झुन्डिएको अवस्थामा स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको बताएको छ ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया